Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लागूऔषध विरुद्ध कठोर बन्दै सिराहा प्रहरी

लागूऔषध विरुद्ध कठोर बन्दै सिराहा प्रहरी

लहान । ‘लागुऔषध कारोबार र कारोबारी विरुद्धको अभियान प्रहरीले पहिलो प्राथमिकतामा राखेको छ । लागुऔषधले धेरैको परिवार बिगारेको छ । धेरैको घरमा पीडा दिएको छ ।’ सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाले जनप्रभावसँग कुरा गर्दै भने, ‘सिराहा जिल्ला पनि लागुऔषधको कारोबार हुने जिल्ला मध्ये एक हो । यो बिरुद्ध प्रहरीले स्वीप अप्रेसन सञ्चालन गर्नेछ ।’

जिल्लाको कमाण्ड सम्हालेदेखि नै लागुऔषधको कारोबार र कारोबारी विरुद्ध कठोर रुपमा प्रस्तुत भएका एसपी तिमिल्सिनाको नेतृत्वले पछिल्लो समय आफ्नो अभियानमा उच्च सफलता मात्र हासिल गरेको छैन । त्यस्ता कारोबारीलाई कारागारको बाटो समेत देखाई दिएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले सुरु गरेको लागुऔषध विरुद्धको स्वीप अप्रेसन सफल हुदै गएको प्रहरीको दावी छ ।

‘यो प्रहरीको नियमित काम नै हो । तर यो बिषयलाई हामीले प्राथमिकतामा राखेर काम गरेका हौ ।’ एसपी तिमिल्सिनाको भनाई छ, ‘स – साना गिरोहदेखि लिएर ठूला गिरोहको सञ्जाल भत्काउने, कारोबार रोक्ने र समाजलाई सुसस्कृत बनाउन हामीले केही कोसिस गरेका छौ ।’

स्विप अप्रेसनको क्रममा छोटो समयमै भारी परिणाममा लागुऔषधका कारोवारी र लागुऔषध बरामद भएको छ । बरामद लागुऔषधको परिणाम र कारोबारीको संख्या अनुसार र तथ्यांकको हिसाबले यो अहिलेसम्म कै उच्च हो । लागुऔषध विरुद्ध शुन्य सहनशिलता भन्दै शुरु गरिएको स्विप अप्रेसनका क्रममा साना र ठूला गरि १२ जना कारोवारीहरु पक्राउ परिसकेका छन ।

प्रहरीले सिरहा नपा १७ कालिचौक स्थित ईलाका प्रहरी कार्यालय माडर सिहराबाट खटिएको प्रहरी टोलीले बा. ४ च. १३३४ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नं.१० करताहा बस्ने अन्दाजी बर्ष ३१ को संजिब खड्का, बर्ष १९ को सुजन धामी, बर्ष २१ को अरबिन कुमार दनुवार र बर्ष २५ को उमेश कुमार दनुवार समेतको साथबाट नाइट्रोभेट टेन लेखिएको ६० पत्ता, ९०० पिस ट्याब्लेट फेला पारी उनिहरुला नियन्त्रणमा लिई बरामद लागू औषध र कार सहित जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

त्यस्तै सिरहा नगरपालिका वडा नं.१७ माडर स्थितमा ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलीले ज.१२प.७५५७ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा कल्याणपुर नगरपालिका वडा नं. ८ मझौलिया बस्ने अन्दाजी बर्ष ३० को कृष्णा यादवको साथबाट नाइट्रोभेट टेन लेखिएको ५ पता ९६९पिस ट्याब्लेट अवैध लागू औषध फेला पारि निजलाई नियन्त्रणमा लिई बरामद लागू औषध र मोटरसाईकल सहित जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको छ। भने लहान नगरपालिका वडा नं.३ बसपार्क स्थित ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा लहान नगरपालिका वडा नं.५ बस्ने बर्ष २४ को मोहम्मद एकवाल मियाँ र जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं.१ जोगीदह बस्ने अन्दाजी बर्ष २५ को सुमन कुमार चौधरी समेतको साथबाट Buprenophine injection ६ एम्पुल ,Diazelab लेखीएको ५ एम्पुल, Phenergan लेखीएको ५ एम्पुल लागु औषध सहित स.९ प. ३०३ नम्बरको १५० सिसीको पल्सर मोटरसाईकल ,नगद नेपाली रु.३४ हजार ६२० रुपैया मध्ये फोटो कपी गरेको नेपाली खोटा मुद्रा रु.१००० दरको थान २ , ईसक्रिन टच मोवाईल थान १ र लाभा कम्पनी लेखीएको सदा मोवाईल थान १ सहित ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

यसै बीच सिराहाको भगवानपुर गाउँपालिका वडा नं.१ भगवानपुर चौक स्थितमा अस्थायी प्रहरी पोष्‍ट भगवानपुर सिरहाबाट खटिएको प्रहरी टोलीले .१-०५-००१ प.३४७६ नं.को मोटरसाईकललाई चेकजाचँ गर्ने क्रममा जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं.१३ बस्ने बर्ष २१ को शंकर भट्टराई, बर्ष १९ को रितिक कटुवाल र जिल्ला सप्तरी सुरुङा नगरपालिका वड नं.१ बस्ने बर्ष २८ को बिजय मलिक समेतको साथबाट Promethozine injection I.p. लेखीएको १७ एम्पुल, डाईजिल्याप १३ एम्पुल, सेतो कलर देखीने लेवल नभएको १४ एम्पुल, नाईट्राभेट १० लेखिएको टेब्लेट ५ पिस फेला पारि नियन्त्रणमा लिई बरामद लागू औषध र मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

त्यस्तै अवैध लागू औषध (ब्राउन सुगर) सहित २ जना लाई प्रहरीले नियन्त्रणमा लिएका छन्। जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं.०५ स्थित ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलीले लु.७९ प. ९९५१ नं. मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा जिल्ला धनुषा कमला नगरपालिका वडा नं.०६ बस्ने अं.बर्ष २१ को सबुर कुमार महतो र बर्ष २१ को पवन कुमार महतो समेतको साथबाट अवैध लागू औषध (ब्राउन सुगर) ३० ग्राम ७७ मिलिग्राम फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई बरामद अवैध लागू औषध (ब्राउन सुगर) र मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

लागुऔषधको कारोवार गर्ने गिरोहलाई लक्षित गरी सिराहा प्रहरीले सात दिनदेखि स्वीप अप्रेसन थालेको थियो । सीमावर्ती क्षेत्रबाट हुने सो प्रकारको कारोबारमा मुख्यत युवाहरु नै सक्रिय रहेका छन् । सीमावर्ती क्षेत्रबाट नेपाल भित्रने लागुऔषध मिर्चैया , लहान , गिलबजार , गाइघाट , काठमाडौं लगायतका क्षेत्रमा पुग्ने गरेको छ । यस्तो कारोबारमा नेपालका सीमावर्ती क्षेत्र कै बासिन्दाको संलग्नता रहेको छ । छोटो समयमा धेरै मुनाफा हुने लगायतका कारण युवाहरु यस्तो कुलतमा फँस्दै आएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh