Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

माओवादी केन्द्र राष्ट्रिय सम्मेलन
माओवादीमा भने पुरानै नेताहरू दोहोरिने

माओवादी केन्द्र राष्ट्रिय सम्मेलनमाओवादीमा भने पुरानै नेताहरू दोहोरिने

काठमाडौं ।नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु छ।माओवादीमा भने पुरानै नेताहरू दोहोरिने आकलन गरेका छन्।पार्टीको रणनीति र नेतृत्वबारे निर्णय लिने राष्ट्रिय सम्मेलनबाट नेकपा एमाले र नेपाली कांग्रेसमा जस्तै माओवादी वृत्तमा पार्टीको अध्यक्षभन्दा पनि त्यसपछि शक्तिशाली मानिने महासचिव पदमा को आउँछ भन्ने विषयमा धेरैको चासो छ।

पुस ११ गतेदेखि १५ सम्म काठमाण्डूको प्रज्ञाभवनमा १,५०० प्रतिनिधिको उपस्थितिमा हुने राष्ट्रिय सम्मेलनले यसअघि जस्तै अध्यक्ष मात्रै चयन गरेर बाँकी पदाधिकारी थाती राख्न सक्ने आशङ्का पनि छ।माओवादीको अघिल्लो राष्ट्रिय सम्मेलनमा पनि सहमति हुन नसकेपछि पदाधिकारी पछि चयन गरिएको थियो।तीन दशकदेखि पार्टी अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डको विकल्प आगामी सम्मेलनमा पनि देखिएको छैन।

माओवादीमा प्रचण्डको उत्तराधिकारी बन्न सक्ने वैचारिक नेता समेत नदेखिएको छैन /यसअघि विसं २०७१ सालमा विराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा माओवादी नेतृत्वको दाबी अघि सारेका बाबुराम भट्टराई पार्टीबाटै अलग भए।दशवर्षे भूमिगत राजनीतिबाट शान्ति प्रक्रियामा आएको माओवादीमा प्रचण्डसँग वैचारिक मतभिन्नता राख्ने अधिकांश नेताहरू अलग भइसकेका छन्।

मोहन वैद्यले पार्टीमा लामो अन्तरविरोध पछि एक दशकअघि अलग पार्टी गठन गरे।वैद्यसँगै बाहिरिएका माओवादीका तत्कालीन महासचिव रामबहादुर थापा पुनः प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए पनि उनी अहिले माओवादी छोडेर एमालेमा आबद्ध छन्।शान्ति प्रक्रियामा आएपछि असहमति राख्दै आएका अर्का नेता नेत्रविक्रम चन्द अहिले छुट्टै पार्टीको प्रमुख छन्।प्रचण्डका समकक्षी नेताहरू माओवादीबाट बाहिरिँदा माओवादीमा प्रचण्डपछिको नेतृत्वका उत्तराधिकारी बन्न नसकेको बताइन्छ।

यसअघि हेटौँडामा भएको महाधिवेशनमा प्रचण्डको उत्तराधिकारी चयन गर्ने चर्चा भए पनि प्रचण्डपछि दोस्रो तहका नेताहरूले उत्तराधिकारीमा एक अर्कालाई स्वीकार नगरेका कारण त्यो योजनाबाट माओवादी पछि हटेको थियो।

सम्मेलनमा पार्टीको विचार, कार्यदिशा र सङ्गठनात्मक संरचनाबारे बहस हुने बताइएको छ।माओवादीमा लामो समयदेखि पदाधिकारीमा जिम्मेवारी विभाजन गरेर सामूहिक नेतृत्व गर्ने प्रणाली अवलम्बन गर्ने विषयमा बहस हुँदै आएको छ।माओवादीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था भए पनि अध्यक्षबाहेक अरू सबै पद रिक्त छन्।माओवादी नेतृत्व बहुपदीय हुने भनिए पनि त्यो कस्तो हुने टुङ्गो लाग्न सकेको छैन।

माओवादी नेताहरूका अनुसार पार्टीमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको पद थप गर्नेबारे छलफल चलिरहेको छ।माओवादीले प्रदेश र स्थानीय तहमा सातजना पदाधिकारी रहने व्यवस्था पारित गरेको छ।केन्द्रमा पनि विगतको भन्दा पदाधिकारी सङ्ख्या थप गर्नेबारे छलफल भइरहे पनि त्यसको टुङ्गो राष्ट्रिय सम्मेलनको बन्द सत्रबाट मात्रै टुङ्गो लाग्ने छ।

माओवादी केन्द्रमा अहिलेसम्म चार जनालाई प्रचण्डपछि शक्तिशाली मानिने भावी महासचिव पदको उम्मेदवारको रूपमा हेरिएको छ।पूर्वमहासचिव कृष्णबहादुर महरा, सङ्गठन विभाग प्रमुख जनार्दन शर्मा, पूर्वसचिव वर्षमान पुन र पम्फा भुसाल माओवादी महासचिवको दाबेदार छन् ।”प्रचण्डका समकक्षी नेताहरू अहिले माओवादीमा कोही पनि छैनन्।

महरा यसअघि विवादमा आएका कारण उनलाई उपाध्यक्ष बनाएर बाँकी तीन नेतामध्येबाट महासचिव चयन गर्ने प्रचण्डको तयारी वर्षमान पुन स्वास्थ्य समस्याका कारण उपचाररत रहेका कारण अर्थमन्त्री शर्मा र ऊर्जामन्त्री भुसालको दाबेदारी बलियो रहेको छ।नेता नारायणकाजी श्रेष्ठलाई दाहालले कार्यकारी भूमिकामा साथ दिने सम्भावना कम छ।माओवादीमा चुनावी प्रक्रियाबाट नेतृत्व चयनको अभ्यास नभएका कारण सहमतिबाटै नेतृत्व चयनको पहल गर्ने नेताहरूको तयारी छ। सहमति हुन नसक्दा अधिकांश प्रदेशमा अध्यक्ष र सदस्यहरू मात्रै टुङ्गो लगाएर बाँकी पदाधिकारीको चयन थाती छ।

केन्द्रीय समितिमा युवाहरू ल्याउने सम्भावना छ। महाधिवेशनमा अन्य दलका नेता र विदेशस्थित राजनीतिक दलका प्रतिनिधिहरूलाई पनि आमन्त्रण गरिने भए पनि राष्ट्रिय सम्मेलन पार्टीका प्रतिनिधिहरूमाझ मात्रै गरिने छ। यसअघि विसं २०७१ मा विराटनगरमा भएको राष्ट्रिय सम्मेलन नेतृत्व चयन गर्न असफल भएपछि पार्टी कार्यालय पेरिसडाँडामै फर्केर माओवादीले नेतृत्व चयन गरेको थियो।पेरिसडाँडामा मतदानबाट नेतृत्व चयन भए पनि मतदाता केन्द्रीय सदस्यहरू मात्र थिए।

बाबुराम भट्टराई उम्मेदवारी दर्तामै सहभागी नभए पनि उनलाई पार्टीमा निर्वाचित गराइएको थियो।त्यसअघि माओवादीले २०६९ सालमा हेटौँडामा महाधिवेशन गरेको थियो।शान्ति प्रक्रियामा आएपछि भएको पहिलो महाधिवेशनबाट प्रचण्ड अध्यक्षमा पुनः निर्वाचित भएका थिए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh