Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबीचको दूरी

पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबीचको दूरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि कमल थापाले सबैभन्दा पहिलो आक्रोश पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पोखेपछि नेपाली राजनीतिमा एउटा तरंग आएको छ ।उनको आक्रोशले गम्भीर प्रश्न यो उठायो कि निर्मल निवास र कमल थापाबीच सम्बन्ध समुधुर रहेनछ ।

यो स्वयं थापाले पूर्वराजा ज्ञानेन्द्रसँग सम्बन्ध बिग्रिएको सामाजिक सञ्जालमार्फत पुष्टी नै गरेर लेखिदिए– ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु, बधाई छ ज्ञानेन्द्र शाह र धन्यवाद, मैले राहत र उन्मुक्ति पाएको छु ।’थापा यतिमा नै रोकिएका छैनन् ।

राजा ज्ञानेन्द्र शाह र संवैधानिक राजतन्त्रका लागि गरेको योगदानको पनि स्मरण गराउँदै अगाडि आक्रोश पोखेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो, सो एजेन्डाको मुलसंवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्, हार्दिक शुभकामना ।’

सार्वजनिक रूपमा नै पूर्वराजा र थापाबीचको सम्बन्ध बिग्रिएको पुष्टी भए पनि यो आज आएर बिग्रिएको होइन्, यो सम्बन्ध बिग्रिएको संविधान निमार्णताकादेखि नै हो ।पूर्वराजानिकट एक नेता भन्छन, ‘दोस्रो संविधानसभामा २५ सिट ल्याउँदासम्म राजा र थापाजीको सम्बन्ध राम्रो थियो । तर, त्यत्रो सिट ल्याउँदा पनि संविधानसभामा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पक्षमा माहोल बनाउन नसकेपछि राजा रिसाएका थिए ।’

पूर्वराजा शाहले संविधानसभाभित्र कांग्रेस तथा तराई मधेस केन्द्रित् दललगायत भित्र राजतन्त्रवादी र हिन्दुवादीहरू रहेको उल्लेख गर्दै तिनलाई आफ्नो अजेन्डामा जोडबल गर्न आग्रह गरेका थिए । तर, थापाले अन्य पार्टीका नेताहरूलाई ‘कन्भिन्स’ गर्नुको सट्टा आफ्नै अजेन्डामा टिक्न नसकेपछि पूर्वराजा शाह रिसाएका थिए । दोस्रो संविधानसभामा थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा ‘नोट अफ डिसेन्ट’ लेखेका त थिए । तर, पूर्वराजा ज्ञानेन्द्रलाई त्यो चित्त बुझेको थिएन ।

‘कम्तिमा हिन्दु राज्यलाई संविधानसभावाट नयाँ संविधान कायम गर्न सकेको भए, संवैधानिक राजतन्त्रको मुद्दा दोस्रो चरणमा सफल हुन्छ भन्ने विश्वास राजाको थियो । त्यसमाथि छिमेकी भारत पनि हिन्दु राज्यको पक्षमा रहेको विषयलाई राजाले थापालाई ध्यानाकर्षण गराउँदा पनि उनी त्यसतर्फ पाइला चालेनन्’, पूर्वराजानिकट नेता भन्छन् ।

दोस्रो, भारतीय नाकाबन्दीको विरोध र चीनसँग पारवहन सम्झौताले तत्कालीन राप्रपाको हैसियतलाई उचाइमा लगे पनि पछि नाकाबन्दीको डटेर सामना गर्ने तत्कालीन केपी ओलीको सरकार ढलेपछि नयाँ सरकारमा गएको पनि पूर्वराजाको चित्त बुझेको थिएन । ‘भारतीय नाकाबन्दीको डटेर सामना गरेको तथा चीनसँग पारवहान सम्झौता गरेकोमा राजा खुसी पनि थिए’, शाह निकटले न्युज कारखानासँग भने, ‘भारतीय नाकाबन्दीको डटेर सामना गर्ने सरकारलाई प्रचण्ड र देउवाले ढालेकोमा राजा खुसी थिएनन् ।

तर राजाले रोक्दारोक्दै पनि थापाजीहरू प्रचण्ड सरकारमा जानुभयो, राजा झन् रिसाए ।’ उनका अनुसार राजाको बुझाइअनुसार ‘भारतीय डिजाइनमा बनेको प्रचण्ड सरकार’ पदका लागि जानु हुँदैन्थ्यो, यो स्वयं राजाले थापालाई बोलाएर रोक्न खोजेका थिए । तर, थापा रोकिएनन ।अन्ततः पूर्वराजाको आपत्ति रहँदारहँदै पनि प्रचण्ड नेतृत्वको सरकारमा गएपछि पार्टीको छवि बिग्रिएको निष्कर्ष निकाल्दै पूर्वराजा ज्ञानेन्द्रले सन्देश पठाएपछि स्वयं थापाले सार्वजनिक रूपमा नै लेख लेखेर प्रचण्ड सरकारमा जानु गल्ती भएको भन्दै आत्माआलोचना गरेका थिए । तर, थापाको सार्वजनिक आत्माआलोचनाले पूर्वराजाको चित्त बुझिरहेको थिएन ।

यी घटनाले पूर्वराजा शाह र थापाबीच भेटघाट नै लगभग बन्द भएको अवस्था थियो । सार्वजनिक कार्यक्रमबाहेक पूर्वराजा र थापाको यस ६ वर्षमा भेट नै भएन भने पनि हुन्छ, पूर्वराजा निकटहरू भन्छन् । पूर्वराजा ज्ञानेन्द्रलाई थप आक्रोशित बनाउने घटना नेकपा एमालेको १०औं महाधिवेशन पनि रहयो । १९ मंसिरमा चितवनमा अतिथिका रूपमा बोलाइएका थापाले राप्रपाको अजेन्डा बोक्नेभन्दा पनि एमाले अध्यक्ष ओलीको प्रंशसा गरेको विषयले पूर्वराजा शाह थप आक्रोशित बनायो । ‘नेकपा एमालेलाई शुभकामना दिनु ठिकै थियो । तर, सबै काम ओलीले नै गरेको भनेर अर्काका नेतृत्व र पार्टीको प्रंशसा गर्ने, तर आफनो पार्टीको अजेन्डा नभनेपछि राजा रिसाउन पुगेका हुन्,’ पूर्वराजा ज्ञानेन्द्रनिकटले भने ।

उनका अनुसार एमाले र ओलीको प्रशंसा गर्दा राप्रपाको अजेन्डा ओझेलमा परेको तथा मत घट्न गएको पूर्वराजाको निष्कर्ष छ । जसकारण, पूर्वराजा शाहले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरी राजेन्द्र लिङदेनलाई अध्यक्ष बनाउनका लागि ‘सचिवालय परिचालन’ गर्नुको उद्देश्य राजतन्त्रप्रति बढिरहेको युवा आकर्षणलाई सम्बोधन गर्न सकिने विश्वास पनि हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh