विराटनगर । मोरङ जिल्लाको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको श्री लक्ष्मी माध्यमिक बिद्यालयमा बिद्यालय बस खरिद र ऐतियहासिक संगहलय निर्माणका लागि पुराण आयोजना हुने भएको छ ।

यहि मंसिर १८ गतेदेखि २५ गतेसम्म एक हप्ता पुराण आयोजना हुन लागेको बिद्यालयका प्रधानध्यापक गोबिन्द भण्डारीले जानकारी दिए । पछिल्लो समय प्रबिधिमा समेत फडको मारेको सो बिद्यालय जिल्लामै नमुना बिद्यालयका रुपमा स्थापित भएको छ । बिद्यालयमा हाल १ हजार ५५ जना बिद्यार्थी अध्यायनरत रहेका छन ।
बस खरिदका लागि र संग्राहलय निर्माणका लागि करिब ३५ लाख रुपैया खर्च हुने अनुमान रहेको बिद्यालयका प्रअ भण्डारीले बताए ।

















