काठमाडौं । सरकार र सत्तारुढ दलहरु अदालतको विवाद आन्तरिक भएकाले उसैले सल्टाउने भन्दै मौन बसेकाेमा नेपाली कांग्रेसका नेता गगनकुमार थापालेले आपत्ति जनाएका छन् ।आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको मौनतामाथि प्रश्न उठाउदै थापाले सर्वोच्च अदालतको विवादमा मौन बसे पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन् ।

उनले सत्तारुढ दलहरुको समन्वय समितिमा पनि यसबारे छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै कांग्रेस केन्द्रीय सदस्य थापाले बैठकमा भने, ‘अदालतमा जे भइरहेको छ, त्यसमा हामी यत्तिकै बस्यौं भने कांग्रेस र व्यवस्था दुबैले ठूलो मूल्य चुकाउनुपर्छ ।’
प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन आन्दोलनरत छ भने सर्वोच्च अदालतकै न्यायाधीशहरु पनि इजलासमा बसेका छैनन् ।

















