बारा । बारा प्रहरीले विष्फोटक पदार्थ पटाकासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर हेटौडा उपमहानगरपालिका-१५ बस्ने ३४ वर्षीय बुद्ध लोप्चन, ३२ वर्षीय राजकुमार लोप्चन र २५ वर्षीय बुद्ध लोप्चनलाई पक्राउ गरेको हो ।
सिमा प्रहरी चौकी छतवा बाराबाट गएराति खटिएको प्रहरी टोलीले फेटा गाउँपालिका-३ बाट उनीहरुलाई पटाका सहित पक्राउ गरेको थियो ।भारतबाट शंकास्पद रुपमा ना ३८ प ७९५३ र ना १६ प ६२२९ मोटरसाइकलमा तीन जना नेपालतर्फ आइरहेका थिए ।mरोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट कार्टुनमा राखी लुकाएर ल्याएको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

















