धनगढी । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले २/२ पटक संसद पुर्नस्थापना भइसकेको अवस्थामा अर्ली इलेक्सनको कुरा गर्न नसुहाउने बताउनुभएको छ ।
वरिष्ठ नेता पौडेलले अहिले अर्ली इलेक्सनमा जाने कुरा विरोधाभासपूर्ण रहेकाे भन्दै उहाँलेअर्ली इलेक्सन असम्भव भएको बताउनुभएको हो ।बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि धनगढी पुगेका वरिष्ठ नेता पौडेलले संसद पुर्नस्थापनाको मुद्दा अर्ली चुनावका लागि नभएको उल्लेख गर्नुभएको हो ।

















