काठमाडौं । विदेशबाट ल्याएको सुन ललितपुरको सानागाउँमा संकलन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङको निलकण्ठ नगरपालिका–४ घर भएका ५७ वर्षीय खड्क प्रसाद तिमल्सिनालाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।
विदेशबाट नेपाल आउनेहरुलाई भरिया बनाएर सुनका बाला मगाएका तिमल्सिनाले ललितपुरबाट ३ थान बाला संकलन गरेका थिए । अरु थप बाला लिएर आउनेहरुको निगरानी गर्न पुन ः विमानस्थल पुगेको बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । तिमल्सिनाको साथबाट प्रहरीले १५० ग्राम तौल भएको ३ थान बाला बरामद गरेको छ ।

















