काठमाडौं । साढे ३३ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा नेपाल प्रहरीका डीआइजी लोहनीसहितले सफाइ पाएका छन्।
मोरङ जिल्ला अदालतले साढे ३३ क्विन्टल सुन तस्करी र यो प्रकरणका भरिया सनम शाक्यको हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै मुद्दा चलाइएका डीआइजी दिवेश लोहनीसहित प्रहरी अधिकृतले सफाइ पाएका हुन्।
यो प्रकरणमा तस्करीमा जोडिएकाहरुसँग साँठगाँठ गरेको अभियोगमा मुद्दा चलाइएका डीएसपी सञ्जयबहादुर राउत र एसएसपी श्याम खत्रीका हकमा पुरानै निर्णय सदर भएको छ।
थुनामै रहेका उनीहरुको हकमा जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालसहितको इजलासले पुरानै निर्णय सदर गरेको हो।
साढे ३३ क्विन्टल केजी सुन तस्करी प्रकरणमा सहसचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले अपराध महाशाखाका तत्कालीन प्रमुख दिवेश लोहनी, तत्कालीन डीएसपी प्रजीत केसी, सई बालकृष्ण सञ्जेल, त्रिभुवन विमानस्थल प्रहरी कार्यालयका एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल, एयरपोर्टमै कार्यरत पूर्वडीआइजी गोविन्द निरौला र सञ्जयबहादुर राउतविरुद्ध मुद्दा चलाएको थियो।
यी प्रहरी अधिकृतमा श्याम खत्री र सञ्जयबहादुर राउत अहिले पनि थुनामै छन्। लोहनीसहित अन्य अधिकृत धरौटीमा छुटेका थिए।

















