काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) ले केन्द्रीय निकाय र विभागहरू गठन र सदस्यहरूको मनोनयन गरेको छ । स्थायी कमिटीको सोमबार बसेको बैठकले विभिन्न विभागका प्रमुख र सदस्यहरूको नाम तय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
पार्टी एकताको प्रयास चलिरहेका बेला एमालेले अब पर्खेर बस्न नसक्ने भन्दै सांगठानिक संरचनाहरूलाई पूर्णता दिन लागेको हो । माधव नेपाल पक्ष फर्केर आएको खण्डमा सो समूहका नेताहरूलाई समेट्नका लागि पर्याप्त स्थान सुरक्षित गरिएको ज्ञवालीले बताए ।

















