कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको टोलीले बेलौरी नगरपालिका-८ पचुइबाट सोही ठाउँका ३० वर्षीया हरिकृष्ण रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले रानाको साथबाट १३ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको जानकारी दिए ।अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















