कास्की । नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिड्ने नक्कली सहायक सेनानी पक्राउ परेका छन् ।
क्राउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका वडा नम्बर ४ तेन्जिङ तो गुरुङ भनि चिनिने विपिन लगुन बि.क रहेका छन् ।
१८ वर्षे वि.कलाई पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । विमानस्थलमा प्रवेश गरी शंकास्पद गतिविधि गरेपश्चात त्यहाँ खटिएको नेपाली सेनाको टोलीले जाँच गर्दा ती व्यक्ति नक्कली सेनानी भएको खुलेको थियो ।
पक्राउ परेका विकलाई नेपाली सेनामा कार्यरत नभएको पाएको प्रतिवेदनसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा अनुसन्धान तथा कारवाहीको लागि पठाएको छ । ती व्यक्तिलाई नेपाली सेनाको सहायक सेनानी दर्जाको दज्र्यानी चिन्ह सहित पोषाक (चुस्ता), बुट, श्री भगवतीदल गण पोखरा लेखिएको परिचय पत्र र नक्कली वाकिटकी सहित हिडिरहेको अवस्थामा पक्राउ गरिएको थियोे ।
विकलाई लिखतसम्बन्धी कसूर अन्तर्गत कारबाही प्रक्रिया अघि बढाउन कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

















