प्रकाशित मिति -२०७७ बैशाख २ गते !
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले कोरोना भाइरस विरुद्धको संघर्षका लागि राष्ट्रिय सहमति बनाउनु पर्ने बताएका छन् ।
सरकारको तर्फबाट अझै प्रभावकारी भूमिकाको निम्ति सबै प्रकारको समस्याबाट मुक्ती पाउन सबैलाई समेटेर राष्ट्रिय सहमतिको लागि छलफल अगाडि बढाउन उनले सरकारसँग आग्रह गरेका छन् ।
उनले सोमवार नयाँ वर्ष २०७७ को उपलक्ष्यमा शुभकामना मन्तव्य जारी गर्दै नेपाली जनसमुदायले आ–आफ्नो घरमै सेल्फ क्वारेन्टाइनमा बसि देखाएको धैर्यता र साहसको प्रसंशा गरेका छन् । आगामी दिनहरूमा अझै परिस्थिति प्रतिकुल रहने सम्भावना देखिएकोले सजग र संयमित भइ लक डाउनको नियम पालना गर्न पनि उनले अपील गरेका छन् ।
नयाँ वर्षको उपलक्ष्यमा उनले विश्व भरी फैलिएको कोभिड–१९ को महामारीबाट सबैले मुक्ति पाउन भनी ईश्वरसँग प्रार्थना गरेका छन् ।

















