- काठमाडौं , फाल्गुन ५ गते बुधबार ।।
- जनप्रभाव न्यूज
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले भारतीय गृहमन्त्री अमित शाहकाे अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएकाे छ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्ता किसिममा अभिव्यक्तिले दुई छिमेकी मित्रराष्ट्रहरु बीचको सम्बन्धमा भ्रम छर्ने र नाकारात्मक असर पुर्याउने भएकाले भारत सरकार र अमित शाहबाट प्रस्ट पार्न आग्रह गरेका छन् ।
केही दिन अघि भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले एक सार्वजनिक कार्यक्रममा भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष एवं गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भाजपाको संगठन विस्तार गरी सरकार गठन गर्ने अभिव्यक्ति दिएका थिए ।


















