- बझाङ ,माघ २५ गते सनिवार ।।
- जनप्रभाव न्यूज
जिल्ला प्रहरी कार्यालय बझाङको गाडीमा बनाइएको टिकटक भिडियो बाहिरिएको छ । बझाङको गाडीमा बनाइएको टिकटक भिडियो फेसबुक र टिकटक एपलगायतमा भाइरल भएको हो । जनताको शान्ति सुरक्षा र अमनचयन कायम गर्न सहज बनाउनका लागि प्रहरी कार्यालयलाई दिइएको गाडी टिकटक बनाउन प्रयोग गरी दुरुपयोग गरिएको छ ।
जिल्लाको सुरक्षामा प्रभावकारी कदम चाल्नका लागि सवारी साधन कम भएको स्वयम् प्रहरीले नै बताउदै आएको बेला भएका सवारी साधन मनोरञ्जनका लागि प्रयोग भइरहेको भन्दै स्थानीयहरुले आक्रोहित भएका छन् ।

















