Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाइ थाहै नदिई शिलान्यास गरिनु दुःखद : मेयर दाहाल

  • चितवन , माघ १८ गते आइतबार ।।
  • जनप्रभाव न्यूज

भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाइ थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको बताएकी छिन् । चितवनमा शनिबार आयोजित कुँवर समाज नेपाल चितवन शाखाद्वारा निर्मित राष्ट्रिय विभूति बलभद्र कुँवरको पूर्ण कदको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको गतिका साथ अगाडि बढिरहेको बताउँदै उनले संघीयताको खिल्ली उडाउँदै केन्द्रीकृत शासन लादेर आज भरतपुर महानगरपालिकाको गौरवका आयोजना सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाइ थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको विचार व्यक्त गरिन् ।

उनले यस कार्यमा भरतपुर महानगरपालिकाको गम्भीर आपत्ति रहेको बताइन् । एक दिन सुटुक्क आएर ढुंगा पूजा गर्दैमा सिटी हल र ६ लेन सडक निर्माण नहुने बताउँदै उनले भनिन्, ‘भरतपुर महानगरको परिकल्पना र स्वामित्वमा तीन वर्ष लामो गृहकार्यपछि सिटी हल निर्माणको कामले गति लिएको हो ।’

मेयर दाहालले हाल मुलुकको समृद्धि र विकासका साथै पूर्खाहरुले बलिदानीपूर्ण संघर्षबाट आर्जन गरेको व्यवस्थामाथि धावा बोलिएको बताउँदै समाज र व्यवस्थामाथि अपमान गर्ने त्यस्ता सन्की शासकले क्षमा पाउनै नसक्ने बताइन् ।

राजनीतिक दाउपेचका आधारमा विकास निर्माणलाई लिनु गलत भएको भन्दै मेयर दाहालले विकास त लामो प्रयास र निरन्तरताले मात्र सम्भव हुने बताइन् ।

आयोजक संस्थाका अध्यक्ष चक्रबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले वीर बलभद्र कुँवरलगायतका विभूतिहरूको ऐतिहासिक योगदानले आधुनिक नेपाल सम्भव भएको बताइन् । उनले विभूतिहरुले दिएको योगदानको संरक्षण र सम्मान गर्नु नागरिक र राज्यको दायित्व भएको बताइन् ।

महानगर प्रमुख दाहालले कुँवरले तत्कालिन इष्ट इन्डिया कम्पनीको अंग्रेज सेनासँग ऐतिहासिक र साहसिक लडाइँ लडेको इतिहास स्वर्ण अक्षरले लेखिएको बताउँदै पानीकै भरमा खुकुरीको बलमा लडाइँ लडिएको बताइन् । ‘उहॉहरूजस्ता वीरहरुको बहादुरीबाट आधुनिक नेपाल सम्भव भएको हो’ मेयर दाहालले भनिन् । उनले बलभद्र कुँवरको २ सय ३१ औँ जन्मदिनको अवसरमा सालिक अनावरण गर्न पाउँदा आफूलाई गर्वको अनुभूति भएको बताउँदै श्रद्धाञ्जली व्यक्त गरिन् । बहादुर नेपालीहरुले हारको इतिहास नलेखेको उनको भनाइ थियो ।

सालिक अनावरण कार्यक्रममा बलभद्र कुँवर प्रतिष्ठानका अध्यक्ष प्राडा धनबहादुर कुँवरले वीर बलभद्रको २ सय ३१ औँ जन्मजयन्तीको अवसर पारेर चितवन जिल्लाको रमणीय स्थान जलदेवी सामुदायिक वन परिसरमा पूर्ण कदको सालिक अनावरण गर्न पाउँदा खुसी लागेको बताउँदै वीरहरुको योगदानको कदर गर्नु हामी सबैको दायित्व भएको बताए । प्राडा कुँवरले वीर बलभद्र कुँवर जस्ता विभूतिहरुको बलिदानीपूर्ण योगदानले देशको सार्वभौमिकताको रक्षा र जगेर्ना सम्भव भएको बताए ।

कार्यक्रममा कुँवर समाज नेपालका सल्लाहकार नारायण सिंह कुँवरले कुँवर समाजको छुट्टै पहिचान र भूमिका रहेको बताउँदै वर्तमान नेपालको पहिचान कायम राख्न वीरतापूर्ण लडाइँ राष्ट्रिय विभूति बलभद्र कुँवरले अंग्रेजसंगको लडाइँमा सीमित घरेलु हतियार र फौजसंगको लडाइँमा ऐतिहासिक बहादुरी प्रस्तुत गरेको बताए । उनले वीर बलभद्रको योगदानको कदर गर्नु राष्ट्रको कर्तब्य भएको भन्दै कुँवर समाजले बलभद्र कुँवरको पूर्णकदको सालिक अनावरण गरेर सम्मान व्यक्त गरिएको बताए । उनले भरतपुरको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विकासप्रेमी मेयर रेनु दाहालबाट ऐतिहासिक व्यक्तित्व बलभद्र कुँवरको सालिक अनावरण गर्न पाउँदा खुसी लागेको बताए ।

समाजका महासचिव गोपाल कुँवरले राष्ट्रिय विभूति वीर बलभद्र कुँवरले राष्ट्रियता र मूलुकको स्वाधिनताको लागि वीरतापूर्ण लडाइँ लडेको भन्दै वीर बलभद्रले देशलाई दिएको योगदानको सम्मान गर्नुपर्ने बताए । अंग्रेजसंगको कालापानी र नालापानीको लडाइँमा वीरतापूर्ण ढंगले अंग्रेज फौजलाई परास्त गराएको इतिहास स्वर्णीम अक्षरले लेखिएको बताउँदै कुँवरले बलभद्रकै योगदानले देशको स्वभीमान कायम रहेको बताए ।

कार्यक्रममा समाजलाई उल्लेख्य सहयोग पुर्याउने व्यक्तिहरु र पूर्ण कदको सालिक निर्माणको लागि सहयोग पुर्याएका चन्दादाताहरुलाई सम्मान गरिएको थियो । भरतपुरको आँपटारीमा रहेको जलदेवी सामुदायिक वन परिसरमा २० लाख रुपैयाँको लागतमा आकर्षक पूर्णकदको सालिक निर्माण गरिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh