Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रुपन्देही नाकाबाट खुलेआम तस्करी , गृहमन्त्री मैन

  • रुपन्देही ,माघ ४ गते आइतबार ।।
  • जनप्रभाव न्यूज

सरकारले चैतदेखि नेपाल–भारत सीमानाका बन्द गरेको छ । सीमा नाका बन्द हुँदासमेत रुपन्देहीमा व्यापक तस्करी बढेको छ । जब सीमा बन्द भयो, यसैको मौकामा प्रहरीसँग मिलेमतोमा रुपन्देहीका सानाठूला नाकाबाट रातदिन तस्करी हुँदै आएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा खुलेयाम तस्करी हुँदा स्थानीयको विरोधका वावजुत रोकिएको छैन । करोडौँ करोडको मालसामान तस्करी भइरहँदा यसले मुलुकको राजश्वमा ठूलो नोक्सानी गरेको छ । अर्कोतर्फ रुपन्देहीमा संक्रमणको जोखिम निकै बढेको छ ।

‘तस्करीका लागि रुपन्देही ट्रान्जिट नै बन्यो । रोक्ने कसले ?’, लुम्बिनी खुकुरी क्लबका अध्यक्षसमेत रहेका बेलहियाका स्थानीय रामबहादुर बस्नेतले प्रश्न गरे । तस्करीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका घुमुवा (सिभिल) टोली परिचालन छन् । उनीहरुले नै तस्करसँग मिलेमतोमा असुली गरी खुलेयाम तस्करी गराउँछन् ।

ठूला तस्करहरुसँग सशस्त्र र नेपाल प्रहरीका प्रमुखहरुको सिधा कनेक्सन छ । रुपन्देहीमा शुक्रबारमात्रै प्रहरी प्रमुख भएर प्रवीण पोखरेल आएका छन् । तर यसअघिका प्रहरी प्रमुख हेमकुमार थापा, डीएसपी खड्गबहादुर खत्रीको कनेक्सन र सशस्त्रका एसपी तेज पोखरेलले चलाउँदै आएको तस्करी चलिरहेको छ ।

‘प्रहरी प्रमुख जिल्ला आउँनेवित्तिकै सबै कुरा थाहा हुँदैन । बुझ्न केही समय लाग्छ । यही मौकामा अझ बढी व्यापक तस्करी भइरहेको छ’, एक प्रहरी अधिकृतले भने, ‘चलिरहेको तस्करीलाई पोखरेलले कत्तिको नियन्त्रण गर्न सक्छन्, हेर्न बाँकी छ ।’

प्रहरीसँग सहजै मिलेपछि नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाबाट तस्करी गर्दै आएका तस्कहरु पनि रुपन्देहीबाट कारोबार गर्न थालेका छन् । यसले महामारीबीच पनि तस्करीका लागि रुपन्देही प्रदेश पाँचको ‘ट्रान्जिट’ बनेको बताइन्छ । तस्करहरुले ट्याक्टर, मिनीट्रक, साइकल, मोटरसाइकलमै तस्करी गर्दै आएको स्थानीय प्रत्यक्षदर्शी दावी गर्छन् ।

अहिले रुपन्देहीका डेढ दर्जन नाकाबाट तस्करी हुँदै आएको छ । भारतबाट नेपालतर्फ कपडा, मोबाइल, हार्डवेयर, सूर्ति बढी तस्करी हुने गरेको छ । योसँगै मोटर पार्टस्, ब्याट्री, काजु किसमिस, चिनी, खसीबोका, भैंसी, किराना समान पनि उत्तिकै तस्करी हुन्छ । नेपालबाट भारततर्फ केराउ, कवाड, मरिच, छोडा तस्करी भइरहेको छ । तस्करहरुले सीमा क्षेत्रमा गोदामै बनाएर तस्करी गर्दै आएका छन् । यसरी नेपाल भित्रिने तस्करीको सामान भैरहवा, बुटवल, चितवन, पोखरा, काठमाडौंसम्मका बजारमा पुर्याइन्छ ।

रहमोद मुसलमान, समीर मुसलमान, हैदर अली, शैलेन्द्र, वीरेन्द्र, मोविन, मास्टर, खली यादव, छोटु, महावीर, अफरोज खाँन, प्रेम, शैलेश, लल्लु, सुवास, अब्दुल, सीताराम, ललु, प्रकाश नामका तस्करहरुले प्रहरीसँगको सेटिङमा अहिले रुपन्देहीका विभिन्न नाकाबाट तस्करी गर्दै आएका छन् । यी तस्करहरुले भारतसँग सीमा जोडिएका नाका सेमलपानी, बेलहिया, बोगटी, करौता, कक्रहवा, भगवानपुर, कालिदह, मर्चवार, कर्महवा, दुर्गौलिया, मेउडिहवा, बुचीबर्मा, लुम्बिनीबाट तस्करी गर्छन् ।

तस्करहरुसँग सीमा सुरक्षामा खटिने सशस्त्रले घुमुवा प्रहरी परिचालन गरी असुली गर्ने गर्छ । सशस्त्र प्रहरीको घुमुवा टोलीको नेतृत्वकर्ता नै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका जवान छन् । जवान पप्पु गुप्ताले घुमुवा टोलीको नेतृत्व गरिरहेका छन् । महानिरीक्षक खनालको मान्छे भएको बताउँदै गुप्ताले असुली गर्दै आएका छन् । गुप्ता र सहायक हवल्दार दीपबहादुर अधिकारी सिद्धार्थ वीओपी, डण्डा भैरहवाको घुमुवा हुन् । अधिकारीको दरबन्दी पर्वत भए पनि उनले लाइन मिलाएर डेढ वर्षदेखि डण्डामा घुमुवा बसेका छन् । सशस्त्र प्रहरी नं. २७ गण हे.क्वा.मा सहायक हवल्दार प्रदीप जवरा र जवान सन्नी चौधरी घुमुवा प्रहरीमा खटिएका छन् ।

यस्तै, सशस्त्र प्रहरीकै वीओपी बजरकट्टीमा सहायक हवल्दार ज्ञानसागर पाण्डे, वीओपी वयरघाट लुम्बिनीमा ईश्वर कार्की घुमुवा छन् । सीमा नजिक पर्ने सबैजसो चौकी र इलाका प्रहरी कार्यालयमा नेपाल प्रहरीका पनि घुमुवा परिचालित छन् । जिल्ला प्रहरी कार्यालयका घुमुवा हवल्दार कृष्णप्रसाद श्रेष्ठ, जवान सविन पौडेल, जवान तुलसीराम यादव, जवान छत्रबहमदुरी सूर्यवंशी रहेका छन् । इलाका प्रहरी बुटवलमा वीपी कंडेल, इलाका प्रहरी बेलहियामा हवल्दार खिमानन्द पराजुली र जवान देवी राना, इलाका लुम्बिनीमा विजय थापा छन् । थापा लामो समय जिल्ला प्रहरीको घुमुवा बसेर पुनः लुम्बिनीको घुमुवा भएर गएका हुन् र असुली गरिरहेका छन् । इलाका प्रहरी धकधईमा जवान शिवशंकर धवल घुमुवा प्रहरी छन् ।

सशस्त्र र नेपाल प्रहरीका घुमुवाले तस्करीसँग २ हजारदेखि ५० हजार रुपैयाँसम्म मासिकी रकम बुझेर खुलेयाम तस्करी गराउँदै आएको बताइन्छ । तस्करीकै कारण सीमा क्षेत्रमा जोखिम बढेको स्थानीय गुनासो गर्छन् ।

रुपन्देहीमा तस्करी बढेको भन्दै सामाजिक संजालमार्फत् यहाँका अगुवाहरुले चर्को आलोचना गरिरहेका छन् । असुलीमा मस्त घुमुवा प्रहरीको जालो तोड्न र तस्करी नियन्त्रणमा प्रहरी नेतृत्वालाई निकै चुनौति छ । रुपन्देही प्रहरी प्रमुखमा नयाँ नेतृत्व आए पनि यसअघिका प्रहरी प्रमुखले चलाएको तस्करी रोकिएको छैन । हुन तः एसपी पोखरेल ४ दिन अघि मात्रै जिल्लामा आएकाले यस विषयमा उनलाई जानकारी नभएकोसमेत बताइन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh