२०७६ चैत्र २२,सनिवार
लहान । कोरोना भाइरसका कारण नेपालमा लकडाउन सुरु गरिएको १२ औँ दिन पुगेको छ । देशभरको जनजीवन प्रभावित बनिरहेको अवस्था छ । शहर बजार सुनसान छन् । गाउँघरमा बजारमा भन्दा केहि मात्रामा चहलपहल बढी देखिन्छ ।
गाउँमा कोरोना प्रभाब कम देखिएको हो । लकडाउनलाई प्रभाबकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले समेत निरन्तर आफनो कर्तव्यलाई पुरा गिरीरहेको देख्न सकिन्छ । सिरहा जिल्लाको लहानमा , भोटियाटाेलबजार लगाएतका बजार सुनसान जस्तै रहेपनी गाउँघरमा तथा सडक आसपासका साना बजार क्षेत्रमा लकडाउनको पालना कम भएको गुनासो बद्दै गएपछि प्रहरीको आँखा गाउँ केन्द्रित हुन थालेको हो ।
ईलाका प्रहरी कार्यालय लहानको सक्रियतामा गाउँगाउँमा प्रहरीको टोली पुगेर कारोनाबाट बच्ने उपाय सहित माईकिङ गर्नुका साथै घरबाहिर ननिक्लन र लकडाउनको पालना गर्न जनतालाई आग्रह गर्दे अत्याबश्यक कामले बाहिर जाँदै गर्दा माक्सको प्रयोग गर्न , सरसफाईमा ध्यान पुर्याउन , हुलमुलमा नजान, सामाजिक दुुरी सोसियल डिस्ट्यान्सिङ कायम गर्न आग्रह गर्दै ग्रामिण क्षेत्रका जनतालाई समेत सचेत बनाइरहेको छ ।
ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत थापा श्रेत्रिको कमान्डमा यस्तो अभियान सञ्चालन भइरहेको छ । लहान बजार तथा आसपासका क्षेत्रमा नागरिकले सरकारले लिएको लकडाउन अभियानमा साथ दिएको सशस्त्र प्रहरी बल लहानका प्रमुख डिएसपी अरुण सापकोटाको भनाई छ । प्रहरी टोली लक्ष्मीपुर पतारी गाउँपालिका, सखुवानान्कारकट्टि गाउँपालिका , भगवानपुर गाउँपालिका र लहान नगरपालिकाका विभिन्न ग्रामिण क्षेत्रमा पुगेर नागरिकलाई सचेत गराउँदै आएको स्थानीय रमेश साहले बताए ।

















