Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नरायणकाजि श्रेष्ठलाई फसाउने नेकपाकै नेता

  • काठमाडौं : मङ्सिर २६ गते शुक्रबार ।।

  • जनप्रभाव – सम्बादाता

नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठसँग जे कुरामा रिस उठेको छ, त्यसैमा आलोचना गरे भइहाल्छ, कसैले रोकेको छैन । नेकपामा माथिल्लै तहबाट नेताहरूको नामै तोकेर गाली–गलौज गर्ने चलन चलेकै छ ।

तर, सार्वजनिक अडियोरभिडियो अनुसार उहाँले आफू निकट दुई कार्यकर्ता कमानसिंह र सुसन बीचको शेयर विवाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अभिभावकीय जिम्मेवारी हो ।

यसमा आपत्ति गर्नुपर्ने केही कारण छैन । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय सदस्य एवं पार्टीका अन्तर्राष्ट्रिय विभाग उपप्रमुख विष्णु रिजालले समाजिक संजाल फेसबुकमा लेखेका हुन् यी ।

नेकपाकै केन्द्रीय सदस्य, पूर्वराजदूत कमानसिंह लामाको निधन र उनले निधनअघि आफ्नो फेसबुक वालमा लेखेका विषयलाई जोडेर टिकाटिप्पणी भइरहेको समयमा नेकपा कै सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठको अडियो÷भिडियो क्लिप सार्वजनिक गर्दै भइरहेका प्रचारवाजीलाई लिएर रिजालले यस्तो स्टाटस लेखेका हुन् ।

उनले प्रश्नसमेत गरेका छन्– शाही शासनकालमा मण्डलेहरूले ‘पानी ट्यांकीमा पैसा राखेको’ कथा रचना गरेर नेतालाई बदनाम गरेजस्तो यतिवेला नेकपाकै कतिपय नेता–कार्यकर्ता यस्ता घृणित कार्यमा संलग्न भएको देख्दा हामीले कस्तो संस्कृति विकास गर्न लागेका छौं भन्ने देखिन्छ ।

  • बिहानै पुगे प्रचण्डलाइ भेट्न

सामाजिक सञ्जालमा मात्र होइन, पार्टीभित्रै पनि उनले राजीनामा दिनुपर्ने आवाज उठेको छ । अपारदर्शी आर्थिक चलखेलको आरोप लागेलगत्तै श्रेष्ठ शुक्रबार बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

उनले राष्ट्रिय सभा सदस्य, पार्टी सचिवालय तथा प्रवक्ता पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि प्रचण्ड भेट्न पुगेका हुन् । यसै विषयमा कुराकानी गर्न श्रेष्ठले बिहीबार राति नै पूर्वजनमोर्चाका नेता कार्यकर्ताहरुको भेला आफ्नो निवासमा बोलाएका थिए ।

भेलामा नारायणकाजीले आफूलाई डुबाउन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादल लागिपरेको बताएका थिए । बादलले आफूलाई मात्र नभएर पूर्वजनमोर्चाका कसैलाई बाँकी नराख्ने पनि नारायणकाजीको भनाइ थियो ।

नैतिकताको प्रश्न उठेपछि नेकपाका नेताहरु शेरबहादुर तामाङ, कृष्णबहादुर महरा र गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । अहिले नारायणकाजी पनि नैतिकताको विषयले परिबन्दमा परेका छन् ।

  • के भन्छन श्रेष्ठ

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड-१९ को संक्रमणले निधन भएका नेकपा नेता कमानसिंह लामाको व्यवसायिक मामिलामा आफूलाई जोडेर चरित्र हत्या गर्न खोजिएको बताएका छन्।

प्रवक्ता श्रेष्ठले लामाले सञ्चालन गर्ने योजना बनाएको प्रोजेक्टमा देखिएको विवाद समाधान गर्न आफुले प्रयास मात्रै गरेको बताए । मेरो कमानजीसँग आर्थिक लेनदेन पनि होइन। त्यो प्रोजेक्टसँग मेरो सम्बन्ध पनि होइन।

उहाँ आएर लौन मिलाइदिनुस् भनेको भएर मैले मिल्नुस् भनेको मात्र हो’, उनले स्पष्ट पार्दै भने, ‘त्यो बाहेक मेरो न आर्थिक संलग्नता छ, न प्रोजेक्टसँग छ, न कमानजीसँग छ। मेरो त मिल्नुस भन्ने बाहेक अरू केही पनि होइन।’

आफूले मिलाउन प्रयास गरेको भिडिओ नै सार्वजनिक हुँदा समेत आफुमाथि षडयन्त्रपूर्वक ढंगले आक्रमण भएको उनले बताए। त्यो भिडीओले मेरो बारेमा केही भ्रम समेत पारेको छैन ।

प्रवक्ता श्रेष्ठ निकट एक नेताका अनुसार सिन्धुपाल्चोकमा याम्बालिङ हाइड्रो कमानसिंह आफैंले दर्ता गरेका थिए। तर परियोजना अघि बढ्न नसक्ने भएपछि लाइसेन्ससमेत खारेज हुने अवस्थामा पुगेको थियो। त्यसपछि लामाले सुसन कर्माचार्यसँग कुराकानी अघि बढाएका थिए।

सुसनजी र उहाँको टिमले भोजपुरमा सानोतिनो हाइड्रो चलाएका छन्। हाइड्रोको अनुभव भएकाले मिलेर काम गर्न कमानजीले प्रस्ताव गर्नुभएको रहेछ,’ श्रेष्ठ निकट ती नेताले भने, ‘लामाले म बरबाद हुने अवस्थामा पुगेको र सात–आठ करोड रुपैयाँ डुब्ने अवस्थामा पुग्न लागेको भन्दै रोइकराइ गरेपछि सुसन र उहाँको टीमले कमानसिंहको अढाइ करोडको सेयर लिइदिएको हो ।

कमानले करिब तीन करोड ऋण चुक्ता गर्नुपर्ने समस्या देखाएपछि याम्बालिङ हाइड्रो कम्पनी जमानी बसेर बैंकबाट दुई करोड ऋण लिइदिएको स्रोतको प्रस्टीकरण छ ।

  • झन् चुलियो विवाद

नेपाल कम्युनिस्ट पार्टी भित्र चुलिएको संकट समाधानका निम्ति केन्द्रमा प्रयास जारी रहेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीइतर पक्षले पार्टीभित्र देखिएको संकट तल्लो तहमा लगेर ओलीलाई दबाब दिने रणनीति बनाएको छ ।

ओलीविरुद्ध समीकरण बनाएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको टीमले सचिवालयमा पेश भएको प्रचण्डको दस्तावेज कुनै हालतमा फिर्ता नहुने बरू छलफल गरेर उचित निर्णय लिइने चेतावनी दिएका छन् ।

यही आलोकमा प्रचण्ड(नेपाल पक्षले प्रदेश र जिल्लास्तरीय भेला तीव्र बनाउँदै लगेको छ । केन्द्रमा ओलीसँग अन्तरविरोध बढेपछि प्रचण्ड(नेपाल पक्षले पार्टी फुट्ने हालतमा पनि तयारी रहनु भन्दै तल्लो तहसम्म गोप्य भेला र प्रशिक्षण दिएको हो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh