
- काठमाडौं : मङ्सिर २५ गते बिहिवार ।।
- जनप्रभाव : सम्बादाता
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भाजपाका विदेश विभाग प्रमुख विजयले बिहीबार प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनु भयो ।
दुई देशबीच सीमा समस्या र नेकपाभित्र संकट गहिरिएका बेला विदेश विभाग प्रमुख चौथाइवाको नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
केही समय अगाडि भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला, सेनाप्रमुख मनोज मुकुन्द नरवाणे र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्त कुमार गोयलले नेपाल भ्रमण गरेका थिए