Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

देशका विभिन्न भाग्मा राजतन्त्रको प्रदर्शनमा कसको लगानी ?

  • काठमाडौं : मङ्सिर १९ गते ।।

  • जनप्रभाव : सम्बादाता

पूर्वराजा ज्ञानेन्द्र शाहको भनाइ छ, ‘म दुईपल्ट राजा हुन्छु भनेर भएको होइन, न आफ्नो रोलक्रमले नै भएँ। फेरि पनि राजाका रुपमा पुनर्स्थापित भएँ भने मेरै भाग्यले हुन्छु।’

अर्थात्, अहिले देशका विभिन्न भागमा राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित चलिरहेको प्रदर्शनमा उनको आर्थिक, भौतिक वा नैतिक– खासै सहभागिता छैन। तर, स्वतःस्फुर्त यत्तिका मान्छे जम्मा भएर प्रदर्शनमा उत्रिएको अवस्थामा यदि उनले अलिकति नौनीस्वरुप आर्थिक सहयोग गरे भने प्रदर्शनको स्थिति के होला ?

अर्कातिर पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ‘गणतन्त्रको भात पाक्न ढिलो भयो भन्दैमा राजतन्त्रको गोबर नखाऔँ†’ भनेर गरेको ट्वीटबापत यति धेरै गाली खाएका छन् कि, यत्रो गाली खाइन्छ भन्ने जानेको भए शायदै त्यस्तो लेख्ने थिए । ट्वीटमा पूर्वजर्नेल प्रेमसिंह बस्न्यातले ‘यो पादरी हो, १७ हजारको हत्यारा हो’ भनेरै टिप्पणी गरे । डा.प्रकाशचन्द्र लोहनीजस्ता बुद्धिजीवीदेखि भीडका आममान्छेले गर्नुसम्म सत्तोसराप गरे । आखिर किन यस्तो भयो ? कसले, कहाँबाट परिचालित गरेका छन्, राजतन्त्र पक्षधर यत्तिका मानिसलाई ? सरकार यस्तो कुराको खोजी गर्ने फुर्सदमा छैन।

उपत्यका लगायत विभिन्न भागमा राजसंस्था पुनस्र्थापनाको मागसहित भइरहेका प्रदर्शनमा कुनै निश्चित दल, संस्था वा व्यक्तिको नेतृत्व देखिँदैन, छैन पनि । त्यसमाथि भर्खर बालिग हुँदै गरेका युवाको उपस्थिति अर्को डरलाग्दो विषय छ । मुलुकले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रको उपलब्धीले १४ वर्ष टेक्दाटेक्दै यसप्रति ती युवामा वितृष्णा जन्माउन थालेको हो ?

त्यस्ता प्रदर्शनमा शाही शक्ति नेपाल नामक संस्था चलाउने मुनिन्द्रराज भण्डारीहरु सक्रिय छन् । तत्कालिन युवराज दीपेन्द्र शाहसँगै बूढानीलकण्ठ स्कुलमा पढेका लमजुङे नागरिक उनी, नेपाली सेनाका पूर्वक्याप्टेन पनि हुन् । राप्रपा महामन्त्री तथा नेपालगञ्जका मेयर, धवलसमशेर राणा पनि यसमा सक्रिय छन् । कमल थापाहरुले एजेण्डाको व्यापार गरेर पैसा कमाए भन्दै उनीसँगको असन्तुष्टिका कारण धवलसमशेर पार्टीको झण्डाबिना नै त्यतातिर हुने प्रदर्शनको नेतृत्व गरिरहेका छन् । अर्थात्, यो काममा हिन्दू राज्यको राजनीति गर्ने राप्रपा अध्यक्ष कमल थापा पनि खासै अग्रसर छैनन् ।

हो, उनको गृहजिल्ला हेटौंडामा राप्रपाको झण्डासहित प्रदर्शन भएका छन् । भाइ गणेश थापाले ‘यो स्थिति आउनुमा मेरो दाइको भूमिका छ’ भनेर ट्वीट गरेपछि बाबुरामले जत्तिकै गाली खाए कै हुन् । यता, सोमबार केशरबहादुर विष्टले माइतीघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरे । कुनैबेला राप्रपा नेपालका लागि धुम्बाराहीस्थित आफ्नो घरजग्गा नै दान दिएका, कान्तिपथस्थित होटल यल्लो पगोडाका मालिक दिलविकास राजभण्डारी अर्का सक्रिय पात्र हुन् । उनले काठमाडौंमा मात्र हैन, पोखरासम्म पुगेर प्रदर्शनको नेतृत्व र लगानी गरे । उनीसँग काठमाडौंबाट थुप्रै युवा पोखरा पुगे, आ–आफ्नै गाडीमा, आ–आफ्नै खर्चको तेल हालेर । काठमाडौंमा हुने प्रदर्शनमा पशुपति खड्काको पनि सक्रियता छ ।

केही दिनअघि चितवनको इच्छा कामना पुग्दा पूर्वयुवराज पारस शाहको एस्कर्टिङमा थुप्रै युवा स्वतःस्फुर्त पुगे । यसबीच, भरत दाहालहरुले केही दिनमै नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्ने भएका छन् । उनीहरु भ्रष्टाचारी, बलात्कारी, दूतावासबाट हण्डी खानेहरुलाई फाँसीको माग गर्दै अभियान चलाउने भन्दैछन् । सरकारको गतिविधि र राजनीतिक दलहरुको उदासिनताका कारण जनतामा छाएको निराशाका बीच यस्ता मीठा, गुलिया नारा बोकेर आउने दल र शक्तिले गणतन्त्रलाई पार्ने क्षतिबारे मूलधारका राजनीतिक दलहरुले खासै विश्लेषण गर्न भ्याएका छैनन् । जनआस्थामा समाचार छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh