सिरहा। सिरहाको सिरहा नगरपालिका वडा नं २१ लकडिगोठ बाट एकजना युवकलाइ अवैध हतियार सहित पक्राउ गरिएको छ। सिरहा न.पा.२१ लकडिगोठ स्थित प्रहरी चौकी लकडिगोठ सिरहाबाट खटिएको गस्ती टोलीले युवालाइ पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिरहा न.पा.२१ मल्हनिया बस्ने २२ वर्षको प्रदिप कुमार साह लाई पक्राउ गरिएको हो ।
बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा लुकाइ राखेको अबस्थामा कटुवा पेस्तोल १ थान र यसमा प्रयोग हुने गोली १ थान बरामद गरिएको छ। पक्राउ परेका साहलाइ आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भईरहेको एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए

















