लहान । धनुषामा घरेलु मदिरा सेवनबाट १६ जनाको मृत्युपछि लहान प्रहरीले धमाधम भट्टी तथा मदिरा नष्ट गर्ने विशेष नियन्त्रण अभियान सञ्चालन गरेको छ ।
मदिरा विशेष अभियानअन्तर्गत जिल्ला सिरहाको लहान नगरपालिका भरिमा २४ वटा मदिरा बनाउने मेसिन, करिब ४ हजार लिटर धरेलु मदिरा , २ हजार लिटर कच्चापदार्थ, १७ वटा मदिरा बनाउने भाडो र १ थान पानी तान्ने मोटर सहित नष्ट गरेको डिएसपी शरत थापा श्रेत्रिले जानकारी दिनु भयो ।
लहान प्रहरीले गाउँ घरमा रहेको घरेलु मदिरा विशेष नियन्त्रण अभियानअन्तर्गत भट्टी खोजेर तिव्र रुपमा नष्ट पार्ने अभियान थालेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी थापाले बताए ।
आजसम्म धनुषामा मदिरा सेवनबाट १६ जनाको मृत्युु भएको छ ।

















