कैलाली ।प्रधानमन्त्री केपी ओलीको स्वागतका लागि हिंडेका सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किएका छन्।

सुदुरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की सवार गाडी एकआपसमा ठोक्किएका हुन्।
कैलालीको लम्कीमा दुई गाडी एक आपसमा ठोक्किएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गाडी एक आपसमा ठोक्किँदा गाडीमा क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन।
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न चिसापानी जानेक्रममा मन्त्रीद्वय पाल र सार्की सवार बा २ झ १४१९ र से १ झ ३३० नम्बरका सरकारी गाडी एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

















