Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी

दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी

भैरहवा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयमा संचालन भएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताएकी छिन ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले शनिबार भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिहरुको अन्तरसम्वाद कार्यक्रममा बोल्दै उनले दिवा खाजा कार्यक्रमलाई पोषणयुक्त र स्थानीय अर्गानिक खाद्यपदार्थसँग जोड्न जरुरी रहेको र यसले नवपुस्ताको स्वास्थ्य र पोषणमा सुधार ल्याई स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने बताइन ।

‘संविधानले विद्यालय शिक्षालाई स्थानीय तह मातहत अधिकार दिएपनि विद्यालय शिक्षाको कमजोरीका कारण अहिले नवयुवाहरुमा निराश पैदा भएको छ । राष्ट्रको समग्र विकासको चाहना राख्नका लागि जनप्रतिनिधीहरुले शिक्षा क्षेत्रलाई समग्र सुधारमा ध्यान दिनुपर्छ ।

`जनप्रतिनिधीहरुले अधिकारको मात्रै होइन कर्तव्य र जिम्मेवारीको महशुष गर्नुपर्छ, विद्यालय शिक्षाको सुधारहरुको लागि जनप्रतिनिधीहरुको भूमिका महत्वपूर्ण रहेकोले यसलाई सफल बनाउन जनप्रतिनिधिहरुको पहल र सक्रियताको अपेक्षा रहेको छ,’ उनले भनिन् ।

२०६२–६३ को जनआन्दोलनपछि महिलाको अधिकार सम्बन्धि महत्वपूर्ण ४ वटा विशेष प्रस्ताव पारित गरि महिला अधिकार सुनिश्चितको बलियो आधारशीला निर्माण गरेको बताउदै सोही जगले नै २०७२ सालमा जारी संविधानले ३३ प्रतिशत संवैधानिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताइन ।

आधारभूत अधिकारलाई मौलिक हकमा सुनिश्चित गरेको परिणाम स्वरुप तीनै तहका सरकार, संसद, तथा निति निर्माण निकायहरुमा महिलाको सहभागिता उल्लेखनीय रुपमा बृद्धिहुनुको साथै जनप्रतिनिधी महिलाहरुको भूमिका झन सशक्त हुदै गएको छ ।

लुम्बिनी प्रदेश लगायत सातै प्रदेश र स्थानीय तहहरुमा अधिकांस महिला जनप्रतिनिधी समानुपातिक प्रणलीबाट र पुरुषहरु प्रत्यक्ष प्रणलीबाट आएपनि दुबैले समान हैसियत र अवसर पाइनुपर्ने ठाँउमा महिला भएकै विभेद भइरहेको गुनासो आइरहेको बताउदै यो दुखद कुरा र संविधान एवं कानुनी मापदण्डको प्रतिकुल रहेको बताइन ।

नले पछिल्लो निर्वाचनको क्रममा राजनैतिक दलहरुको बीच भएको गठबन्धनले कतिपय अवस्थामा संवैधानिक प्रावधान विपरीत महिला सहभागिताको अनुपात घटेको पाइएको बताइन । आगामी निर्वाचनमा राजनैतिक दलहरुले यो विषयमा विशेष ध्यान पु¥याउन जरुरी रहेको बताइन ।

शिक्षा स्वास्थ्य रोजगारी सम्पतिमा स्वामित्व र श्रम सहभागिता जस्तो क्षेत्रमा उल्लेखनीय सुधार भई नेपालको समग्र लैगिङ विकास सुचकांकमा पनि सकारात्मक प्रगति देखिएको छ । उपलब्धिकै कारण महिला सशक्तिकरण र लैगिङ समनताको क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनका लागि प्रेरणदायी बनेका छन ।

हाल सम्म प्राप्त उपलब्धिहरुको रक्षा गर्दै संविधानअनुसारको महिला अधिकारको पूर्ण कार्यान्वयन गर्न तथा पूर्ण लैगिक समानताको लक्ष्य हासिल गर्ने हाम्रो अभियानलाई हामीले निरन्तरता दिनु पर्छ । लैगिक समानताका लागि विभिन्न नितिगत तथा क्रमागत प्रयासहरु भएतापनि समाजमा गहिरो रुपमा जरा गाडेको पुरातन पृतसतात्मक सोचका कारण महिलाहरु अझै पनि सामाजिक, सास्कृतिक शैक्षिक राजनैतिक र आर्थिक रुपमा पछाडि परिरहेको अवस्था रहेको बताइन ।

बालविवाह, बहुविवाह, दाइजो, छाउपडी बोक्सीको आरोप जस्ूता महिला विरोध सामाजिक परम्परा अझै पनि समाजमा विद्यमान देखिएको बताउदै अझै महिलाहरु घरेलु हिंसा, यौन दुव्र्याहार, हत्या र बलत्कार जस्ता जघन्य हिंसाको शिकार बन्न बाध्य रहेको बताइन ।

यी समस्या समाधानका लागि कानुनको प्रभावकारी कार्यान्वयन, आवश्यकता अनुसारको कानुनी सुधार र व्यापक सचेतनामुलक अभियान आवश्यक रहेको बताइन । उनले पुरुष र महिलाको जैविक भूमिका र जिम्मेवारी फरक भएपनि ती भूमिका एक अर्कामा परस्पर पुरक र अन्तरसम्बन्धित भएको बताउदै समाजद्वारा सृजना गरिएको विभेद हटाई न्यायपूर्ण एवं समतामुलक समाज निर्माण गर्न महिला र पुररुषको समान सहभागिता महत्वपूर्ण रहेको बताइन ।

संविधान र कानुनले सुनिश्चित गरेका महिला अधिकार एवं नागरिकको मौलिक हक कार्यान्वयनका लागि मुलुकको अर्थतन्त्र सुदुढ हुनु आति आवश्यक छ । त्यसका लागि मुलुकमा उपलब्ध स्रोत, साधन र सम्पदामा आधारित उदमशीलताको विकास मार्फत उत्पादनमा बृद्धि एवं रोजगारीको सृजनो गरि सुदृण एवं आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न पनि हामी उत्तिकै ढंगले लाग्नु आवश्यक छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य मेनुका पोखरेलले अपमान र तिरस्कारका कुरालाई पन्छाउँदै अगाडि बढ्न जरुरी भएको बताइन । महिला विभाजित हुँदा अधिकार बाट पनि वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको पोखरेलको भनाई छ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतक जमुना ढकालले देशमा भएको हरेक परिवर्तनमा महिलाको महत्वपूर्ण योगदान भएको बताइन । लोकतान्त्रिक समाजवादी पार्टी लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतक हेमा बेल्वासे केसीले प्रमुख ओहोदाहरुमा पनि महिलाले नेतृत्व गर्न सक्छन् भन्ने दिन आएको बताइन । बेल्वासेले बजेट र नीति बनाउने बेला महिलाहरू विभेदमा परेको जानकारी दिइन । कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रीदेवी अर्यालले नीति बनाउने ठाउँमा महिलाहरू पुग्न जरुरी भएको बताइन ।

‘नेतृत्वमा महिलाको सहभागिता, न्याय र दिगो विकासको आधारशीला’ मूल नारासाथ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको अध्यक्षता उपप्रमुख उमा अधिकारीको स्वागतमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, वासुदेव घिमिरे, लुम्बिनी प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री भुमिश्वर ढकाल लगायतको सहभागिता रहेको थियो ।

News Desk

News Desk

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh