Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

५ हजार महिला नेतृमाझ ओलीलाई साँक्षी राखेर सक्रिय राजनीतिमा फर्किन विद्या भण्डारीलाई एमालेको निम्तो

५ हजार महिला नेतृमाझ ओलीलाई साँक्षी राखेर सक्रिय राजनीतिमा फर्किन विद्या भण्डारीलाई एमालेको निम्तो

काठमाडौं । नेकपा एमालेको राजनीतिबाट अलग भएको झण्डै ९ वर्षपछि तत्कालीन एमालेकी उपाध्यक्ष तथा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने वातावरण बन्दै गएको छ ।

संविधान जारी भएपछि लगातार २ कार्यकाल राष्ट्रपति भएर एक वर्षअघि अवकास लिएकी भण्डारी राष्ट्रपतिबाट बिदा भएको वर्षदिनपछि एमालेको सक्रिय राजनीतिमा फर्किन कम्मर कसेर लागेकी छन् ।

गत वैशाखदेखि यातामात्र एमाले सम्वद्ध विभिन्न आधा दर्जन कार्यक्रममा सहभागी भएर सक्रिय राजनीतिमा आउन लागेको पूर्वाभास गराएकी भण्डारी बुधबार पनि एमालेको पहिलो महिला राष्ट्रिय भेलाको प्रमुख अतिथि बन्न पुगिन् ।

बुधबार काठमाडौंको कमलादीमा सुरु भएको नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित राष्ट्रिय महिला भेलाको भव्य समारोहबीच भण्डारीले कार्यक्रम उद्घाटन गरिन् । एमालेले पार्टीका झण्डै ५ हजार महिला नेता-कार्यकर्तालाई सो भेलामा उतारेको थियो ।

एमाले अध्यष केपी शर्मा ओलीलाई प्रमुख वक्ता बनाएर भएको कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले महिलाले राष्ट्र र समाजका सबै एजेण्डामा नेतृत्व लिन अग्रसर हुनुपर्ने बताएकी थिईन् । महिलाले महिलाका मात्र कुरा नगरी गम्भीरतापूर्वक राष्ट्रिय एजेण्डामा नेतृत्व गर्नुपर्ने उनको भनाई थियो ।

महिलाहरू सामाजिक परिवर्तनका साथै आर्थिक समृद्धि र विकासका क्षेत्रमा पनि क्रियाशील हुनुपर्ने चर्चा गर्दै पूर्व राष्ट्रपति भण्डारीले आर्थिक सुधारका लागि उत्पादन र उत्पादकत्व बृद्धि गरी स्वावलम्बी अर्थतन्त्र निर्माण गर्नुपर्ने उनको भनाई छ । ‘२०६३ साल जेठ १६ गते प्रतिनिधि सभाबाट पारित महिला अधिकारसम्बन्धी चारबुँदे सङ्कल्प प्रस्तावका विषयहरू संविधानमा संस्थागत भएबाट जनप्रतिनिधिमूलक संरचनामा एकतिहाइ महिला सुनिश्चित भए पनि यो पूर्ण उपलब्धि होइन’ उनले भनिन् ।

पूर्वराष्ट्रपति भण्डारीले हिंसाको मूल कारण पुरुष नभई हिंसामा आधारित सामाजिक व्यवस्था रहेको उल्लेख गरिन् । उनले राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिताको विषय ऐतिहासिक रहेको बताईन् । उनले उक्त उपलब्धी कार्यान्वयनमा अझै चूनौति कायमै रहेको बताईन् । उनले महिलालाई आधा आकाश नभएर पूरै आकाशको रुपमा चित्रण गरिन् ।

एमालेमा रहेर लामो समय सक्रिय राजनीतिमा सहभागी भएकी पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बनेर एमालेको महिला राष्ट्रिय भेलामा सहभागी भईन् । उनी प्रमुख अतिथि भएर उक्त कार्यक्रममा सहभागी हुनु र महिलाले नेतृत्व लिनुपर्ने अभिव्यक्ति दिनुलाई धेरैले पुनः राजनीतिमा फर्किने संकेतको रुपमा लिएका छन् ।

एमाले जनसंगठन समन्वय संयन्त्रले पार्टीका २३ वटै जनसंगठनमा रहेका महिलाको भेला आयोजना गरेको हो। जनसंगठन समन्वय संयन्त्रको इन्चार्ज भानुभक्त ढकाल छन् । २०६३ साल जेठ १६ गते एमालेकी तत्कालीन उपाध्यक्षको हैसियतमा भण्डारीकै नेतृत्वमा महिलाको अधिकारसम्बन्धी संकल्प प्रस्ताव पारित भएको थियो। उक्त संकल्प प्रस्तावमा आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुन खारेजी, महिला हिंसाको अन्त्यलगायत विषय थिए। सोही आधारमा एमालेले आयोजना गरेको महिला भेलामा उनलाई प्रमुख अतिथि बनाइएको जिकिर गरिएको छ।

जेठ १६ मा प्रज्ञा भवनमा झुल्किएकी भण्डारी वैशाख १० गते एमालेले मनाएको नेकपा स्थापनाको ७५औं वर्षको हिरक जयन्तीमा पनि सहभागी भईन् । उनलाई एमालेले गणतन्त्र गौरव पदकले सम्मान गर्यो । सो सम्मानलाई कतिपयले सक्रिय राजनीतिमा फर्किने आधारको रुपमा लिए भने कतिपयले उनलाई एमालेले राजनीतिको बाटो बन्द गरिदिएको अर्थमा हेरे ।

एमालेले १० वैशाखमा ललितपुरको गोदावरीमा गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले कम्युनिस्टमा फुट र विभाजन राजनीतिकभन्दा पदीय आकांक्षाले भएको संकेत गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘कम्युनिस्ट पार्टीको फुट र विभाजन राजनीतिक कारणले भएको कि पदीय आकांक्षा, भड्काव हावी भएको हो । यसलाई हेरेर सही निष्कर्ष निकाल्न सकिएन भने झन् गाह्रो हुन्छ ।’

१० वैशाखमा गोदावरी पुगेकी भण्डारी त्यसको १३ दिनपछि वैशाख २३ गते सानेपामा पुगेकी थिईन् । दक्षिण एसियाकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीके स्मृति दिवसमा श्रदाञ्जली दिन भण्डारी सानेपा पुगेकी थिईन् । सानेपा पुगेको २ सातापछि भण्डारी एमालेको पूर्व पार्टी कार्यालय बल्खु पुगिन् । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा श्रदाञ्जली दिन पुगेकी थिईन् ।

एमाले अध्यक्ष ओलीसहितका अधिकांश एमाले नेताहरु सहभागी कार्यक्रममा पुगेकी भण्डारी त्यसअअिघ १६ माघ २०८० मा संसदमा केपी ओली पुस्तक विमोचनमा पनि भण्डारी प्रमुख अतिथि थिइन् । त्यो दिन भण्डारीले अध्यक्ष ओलीलाई समकालीन राजनीतिक नेताहरूमा सर्वाधिक प्रतिभाशाली नेताका रूपमा चित्रण गरिन् । ओलीको पुस्तक विमोचनमा सहभागी भएर ओलीको प्रशंसा गरेपनि पछिल्लो समय ओली-भण्डारी सम्बन्ध सुमधुर नरहेको चर्चा पनि राजनीतिक बजारमा हुने गरेको थियो ।

एमालेको एउटा गुट (विगतदेखि नै जो भण्डारीका निकट थिए) भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन लगातार प्रयासरत रहेको छ । जसलाई उपाध्यक्ष विष्णु पौडेललगायतले दरिलो साथ दिईरहेका छन् भने अर्को समूह महासचिव शंकर पोखरेलले समर्थन गरिरहेका छन् । जसले राष्ट्रपति भईसकेको व्यक्ति राजनीतिमा आउन नहुने भन्दै रोक्ने प्रयासमा छन् ।

राष्ट्रपति हुनुअघि एमालेको शक्तिशाली उपाध्यक्ष रहेकी भण्डारीको शक्ति एमालेमा हालपनि एकतिहाई भन्दा धेरै रहेको उनी निकटका नेताहरु दाबी गर्छन् । सक्रिय राजनीतिमा आएपनि नआएपनि भण्डारीले पार्टीको आन्तरिक गतिविधिमा भने राम्रो पकड जमाउनसक्ने चर्चा हुन थालेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh