सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले एसइई परीक्षालाई मर्यादित एवं अनुशासित बनाउन जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष आचार्य , सशस्त्र प्रहरी बल ७ नं. हेक्वा गण सिरहाका प्रमुख एसपी शिव प्रसाद गौह्रे,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एसपी टीका पोखरेल , शिक्षा विकाज तथा समन्व्य इकाइका प्रमुख र ईलाका प्रशासन कार्यालय लहानका प्रमुख कडा निर्देशन दिनु भएको थियो
सिरहा । सिरहमा एसईई अन्तर्गत शुक्रबार भएको नेपाली विषयको परीक्षामा अमर्यादित गतिविधि गर्ने तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा नक्कली परीक्षार्थी कर्जन्हा नगरपालिका ५ का १६ वर्षीय अर्जुन महरा छन् । मिर्चैयानगरपालिका १ स्थित शारदा माध्यमिक विद्यालय रामपुर बिर्ता परीक्षा केन्द्रमा जन सेवा माध्यमिक विद्यालय कर्जन्हाको सिम्बल नं ०१६०२०७३ (ई) को परीक्षार्थी अभिषेक महराको प्रवेश पत्रको फोटो कपी लिई परीक्षा दिइरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै परीक्षा केन्द्र बाहिर बसेर प्रश्नपत्रको गोपनियता भंग गरेको आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिका ५ झिझौलका १५ वर्षीय बिकास कुमार रायलाई पक्राउ गरेको छ । घर नजिकै जनता माध्यमिक विद्यालय झिझौल कजरा परीक्षा केन्द्र बाहिर बसी मोबाईलबाट प्रश्न पत्रको गोपनियता भंग गरेको आरोपमा उनलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ । उनीमाथि सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद लिई इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट थप अनुसन्धान गरिरहेको छ ।
यस्तै परीक्षाको आचार संहिता एवं मर्यादा विपरीत कार्य गरेको आरोपमा १ जान परीक्षार्थीलाई सुरक्षार्थ खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाबाट खटिएको परीक्षा अनुगमन टोलिले विभिन्न परीक्षा केन्द्रका परीक्षार्थीहरुको साथबाट १ सय २१ थान मोबाईल नियन्त्रणमा लिएको छ । अन्य २ जना परीक्षा निरीक्षकलाई समेत जिम्मेवारीबाट हटाएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिए ।
सिरहा जिल्ला भरिमा एसईई परिक्षा केन्द्रमा ६ सय २ जना प्रहरी परिचालन गरेको थियो । नेपाल प्रहरीको ३ सय १ र सशस्त्र प्रहरी बलको ३ सय १ जना र नेपाल प्रहरीको १ सय जना रिजर्भ टोलि , सशस्त्र प्रहरी बल नेपालको ५० जना रिजर्भ टोलि समेत खटिएको थियो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले एसइई परीक्षालाई मर्यादित एवं अनुशासित बनाउन जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष आचार्य , सशस्त्र प्रहरी बल ७ नं. हेक्वा गण सिरहाका प्रमुख एसपी शिव प्रसाद गौह्रे,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एसपी टीका पोखरेल , शिक्षा विकाज तथा समन्व्य इकाइका प्रमुख र ईलाका प्रशासन कार्यालय लहानका प्रमुख कडा निर्देशन दिनु भएको थियो ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षा प्रणाली विश्वभर यतिखेर ग्रेडिङ प्रणालीमा लागु छ । नेपालमा पनि बिक्रम सम्वत २०७२ सालदेखि ग्रेडिङ प्रणालीमा एसइई परीक्षा सञ्चालन हुँदै आएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
सिडीयो दाहालले भने, ‘परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गराउन सरोकारवाला सबैमा आह्वान गर्दछौँ ।’ सिडीयो दाहालका अनुसार सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याउनेलगायतका सबै काम जिम्मेवारीपूर्वक आफूहरुले व्यवस्थापन गरिरहेका छन् ।
त्यस्तै सिरहालगायत प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्नपत्र प्रहरी निकायसम्म पुर्याउने, उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पुर्याउने र आवश्यक समन्वय गर्ने कामसमेत नियमपूर्वक पूरा गरी दोस्रो दिनको परिक्षा अनिवार्य नेपाली सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार बिगतमा एसएलसी परीक्षालाई परिमार्जित गरी एसइई नामाकरण गरिएको हो । माध्यमिक शिक्षा परीक्षा दिने विद्यार्थीहरू यतिखेर जोडतोडका साथ परिक्षा दिने कार्यमा तयारी गरिरहेका छन् । प्रमुख दाहालले एसइइलाई भयरहित शान्त वातावरणमा मर्यादित परीक्षा सञ्चालन गर्न परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई र प्रदेश सामाजिक विकास मन्त्रालयहरू यतिखेर परीक्षासम्बन्धी कार्यहरूमा लागिपरेको बताए ।
एसइई परीक्षा तथा अन्य कुनै पनि परीक्षालाई मर्यादित तथा अनुशासित गर्नलाई लामो समयसम्म परीक्षामा रही कार्य गर्ने अनुभवबाट सिक्न सकिन्छ । कुनै पनि परीक्षालाई हाउगुजी बनाउनु हुँदैन । विद्यार्थीहरूले आफ्नो ज्ञान र सीपको मापन गर्न सहज वातावरणमा परीक्षा सञ्चालन आवश्यक छ । लोभ लालच तथा अन्य कुनै पनि प्रकारका गैरकानुनी कार्यहरु परीक्षामा खटिने कर्मचारीहरुले गर्नु हुँदैन ।
अमर्यादित तथा परीक्षा विधि विपरीत कार्य गर्ने विद्यार्थी वा कर्मचारीलाई प्रचलित ऐन कानुन अनुसार यसरी नै कडा कारबाही गर्नेछ ।
यस्तै,सिरहाबाट १० हजार ९ सय २३ परीक्षार्थी सहभागी भएका छन् ।