काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा हुलहुज्जत नगर्न आग्रह गरेका छन्। संसद चल्न नदिने भए राजीनामा दिएर सडकमा जान उनको चेतावनी छ।
बालकुमारी घटनालाई प्रधानमन्त्रीले हत्या भनेको र हत्या भए सम्बन्धित मन्त्री र प्रहरीलाई किन कारबाही नगरेको भन्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बिहीबारको बैठकमा प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफ नआएसम्म सदन चल्न नदिने भन्दै शाहीले कडा चेतावनी दिएपछि सापकोटाले त्यसको प्रतिवाद गरेका छन्।
सापकोटाले प्रतिवाद गर्दै संसद चल्न नदिने भए राजीनामा गरेर सडकमा जान भनेका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !