वीरगञ्ज । पाँच वर्षदेखि बारा जिल्लाबाट हराएका दुई महिलाको प्रहरीले उद्दार गरेको छ। बारा, कोल्हवी नगरपालिका वडा नं.७ धोधारपा बस्ने २३ वर्षकी रञ्जिता चौधरी र देवताल गाँउपालिका-४ बस्ने वर्ष ४० की बबिता देवी गिरीको प्रहरीले उद्दार गरेको हो।

अञ्जली मेन्टल हेल्थ राइट्स अर्गनाइजेसनबाट उद्दार गरिएको बारा प्रहरीले जानकारी दिएको छ। दुबै जनालाई उनीहरूको अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !