Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘अपराध न्यूनीकरणमा सिरहा प्रहरी सफल’

‘अपराध न्यूनीकरणमा सिरहा प्रहरी सफल’

लहान । सिरहा प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बूले गत वर्षको अपराधिक तथ्यांक हेर्दा नेपाल प्रहरी ९८ प्रतिशत केसमा सफलता प्राप्त गरेको बताएका छन् ।

सिरहा प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बूलाई प्रहरी संगठन भित्र बौद्धिक अधिकृतका रुपमा पनि चिनिन्छ । प्रहरीमा नौलो एवं प्रभावकारी र तत्कालै नतिजा दिइहाल्ने अभियान भित्राउने तथा त्यसलाई कार्यान्वयनमा ल्याइहाल्ने क्षमता उनमा छ ।

प्रहरी संगठन भित्र कुनै पनि विवादमा नपरिकन निस्कलंक प्रहरी अधिकारीको छवि बनाएका एसपी लिम्बूको आफ्नो कार्यकाल विशेष र सफल रहेको संगठनको दाबी छ ।

स्वच्छ छवि, भद्र र सालिन स्वभावका उनको कार्यकाल सफल हुनुमा संगठनका अधिकारीको साथ महत्वपूर्ण रहयो । प्रहरी–नागरिक सम्बन्ध विस्तार र सुधारमा प्रहरी संगठन भित्र उनको महत्वपूर्ण योगदान रहेको चर्चा छ ।

प्रहरी संगठन शून्य सहनशीलतामा चल्नु पर्छ भन्ने धारणा राख्ने र सबैलाई मिलाएर अघि बढ्न सक्ने क्षमताका एसपी लिम्बू नेपाल प्रहरीका तल्ला दर्जालाई माया गर्ने प्रहरी अधिकारीका रुपमा परिचित छन् । लिम्बू कुनै पनि विवादमा नतानिएको, तल्ला दर्जाको प्रहरीका लागि सधैं हित चिताउने, जगबाटै राम्रो भयो भने प्रहरी संगठन सर्वोत्कृष्ट बन्न सक्छ भन्ने सोंच राख्ने, कुशल कार्य क्षमता, अपराध नियन्त्रण र अनुसन्धानमा कुनै पनि सम्झौता नगर्ने तथा सबै कुरा कानुन अनुसार नै हुनु पर्छ भन्ने उनको स्वभाव हो ।

कानुन कार्यान्वयनका सन्दर्भमा निक्कै कठोर रुपमा उत्रदै समाजमा व्याप्त लगुऔषध नियन्त्रण , अन्य अपराध, चोरी तस्करी नियन्त्रण गरेर एसपी लिम्बू चर्चामा रहे ।

सिरहमा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको थियो । सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या प्रकरण लगायतका ठूला र जघन्य प्रकृतिका घटनाको सफल अनुसन्धानले पनि उनको अपराध नियन्त्रण र अनुसन्धान गर्ने क्षमता अब्बल छ भन्ने सावित गरेको सरोकारावालाहरु बताउँछन् ।

अवैध रुपमा भित्राइने गरेका साना हतियार तथा लागुऔषध,तस्करी नियन्त्रणमा उनको भूमिका महत्वपूर्ण रहयो ।

एसपी लिम्बूकै पालामा सिरहा प्रहरीले सञ्चालन गरेका अभियानहरुमा अपराध नियन्त्रण र अनुसन्धानका सवालमा प्रभावकारी बनेर गएका छन् ।

लागुऔषध नियन्त्रण, तस्करी नियन्त्रण , घरेलुु मदिरा नियन्त्रण , मापसे (मादक पदार्थ सेवन) परीक्षा अभियान बढी प्रभावकारी देखिएका हुन् ।

अभियानले नागरिक–प्रहरी सम्बन्ध सुधारसँगै शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउन सहयोग गरेको सरोकारावालाहरुको भनाइ छ । नागरिक–प्रहरी सम्बन्ध सुधारसँगै अपराध नियन्त्रण, अनुसन्धान र शान्त समाज निर्माणमा प्रहरीका अभियान प्रभावकारी हुँदा सर्वसाधारणले सुरक्षित महसुस गर्न सकेको नागरिक अगुवाको भनाइ छ ।

यी हुन् प्रहरी उपरीक्षक लिम्बूको सफल हुनुका कारण

एसपी लिम्बूलाई धेरै प्रहरी अधिकारीको साथ रहयो । जवानदेखि डिएसपीसम्मले गरेको सहयोग र माथिल्लो स्तरका प्रहरी अधिकारीकै सहयोगले लिम्बू सफल बनेका हुन् ।

जिल्ला भरी हुने विभिन्न घटनाका बारेमा ‘अपडेट’ भएर त्यसका बारेमा सार्वजनिक गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग गर्ने जिम्मेवारी बहन गरेका एसपी लिम्बशूले गहन ढंगले सोचेर र विश्लेषण गरेर मात्रै बाहिर ल्याउँनाले नै उनि सफल रहेको अकलन गर्न सकिन्छ ।

कुन कुराले दूरगामी असर पार्छ भन्ने कुरामा उनी ख्याल गर्छन् । अझैपनि प्रहरी कार्यालयमा आइपुग्ने अनेक झमेला र लफडाको निकास खोज्ने जिम्मेवारी पनि उनकै काँधमा छ । सिरहा प्रहरीले बैंकको लाखौं रकम लुटपाटमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नम्बर–१३ सुकरामपुर टोल बस्ने ३६ वर्षीय जिवछ बिक, लहान नगरपालिका वडा नम्बर–१९ छपरारी टोल बस्ने ४७ वर्षीय सत्यनारायन मण्डल र कल्याणपुर नगरपालिका वडा नम्बर–८ अरङ्ग टोल बस्ने ४५ वर्षीय श्याम कुमार यादव रहेका छन् ।

गत फागुन १० गते जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर–३ बताहा पुलस्थित कल्याणपुर जाने बाटोमा ग्लोबल आई.एम.ई. बैंकको कल्याणपुर शाखामा काम गर्ने कर्मचारीले मिर्चैयाको ग्लोबल आई.एम.ई बैंकबाट ९ लाख रुपैयाँ निकालेर ज.६.प. ८१८५ नम्बरको मोटरसाइकलमा सबार भई कल्याणपुरतर्फ जाने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा गएका ४ जना अपरिचित व्यक्तिहरुले पेस्तोल देखाई उक्त रकम खोसेर भागेका थिए ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, जिल्ला प्रहरी कार्यालय सिरहा तथा इलाका प्रहरी कार्यालय मिर्चैया लगायत मातहतको प्रहरी टोलीले प्रविधिको प्रयोग गरि सूक्ष्म अनुसन्धान गर्ने क्रममा चैत ९ गते सिरहा नगरपालिकास्थत हेमनारायण चोकबाट घटनामा संलग्न तिनजनालाई पक्राउ गरेको थियो । संलग्नलाई पक्राउ र पहिचान गर्न एसपी लिम्बूको भूमिका महत्वपूर्ण थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

1 week पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh