सर्लाही । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सर्लाहीको लालबन्दीमा आईपुगेका छन् । उनी आज अबेर काठमाडाैंबाट जनकपुर हुँदै लालबन्दी आईपुगेका हुन् । श्रेष्ठको भोली आईतबार बिहान सदरमुकाम मलंगवामा जिल्ला कारागार भवनको उद्घाटन गर्न जाने र त्यसपछि पत्थरकोटमा लखन्देहि खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्न जाने कार्यक्रम तालिका रहेको छ ।
उनको स्वागतका लागी दिउँसैदेखि प्रमुख जिल्ला अधिकारी कोमलनाथ धमला लगाएत सुरक्षा अधिकारीहरु लालबन्दीमा बसेका थिए । अहिले खानापछि पार्टी (नेकपा माओवादी केन्द्र)का नेताहरुसँग भेटघाट एवं समसामयीक बिषयमा छलफल गर्ने तयारी रहेको जिल्ला समन्वय समितिका उपसभापति जितेन्द कुशवाहले जानकारी दिए ।
भोली बिहान लालबन्दीमै मधेश प्रदेशका ८ ओटै जिल्लाका सिडियो र एसपी बिच शान्ति सुरक्षाको बिषयमा छलफल गर्नका लागी बैठक बस्दै छ । बैठक श्रेष्ठ बसेकै होटलमा बस्ने प्रमुख जिल्ला अधिकारी धमलाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !