काठमाण्डौ । नेपाल प्रहरी श्रीमती संघद्वारा ड्यूटीको क्रममा घाईते तथा बिरामी भई नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौंको कोल्ड वार्डमा उपचाररत घाईते तथा बिरामी ७ (सात) जना प्रहरी कर्मचारीहरु (आश्रित परिवार) लाई संघकी अध्यक्ष लक्ष्मी कुँवर, सल्लाहकार निलम कडायत र सह-कोषाध्यक्ष कमला खनालको उपस्थितिमा जाडो याममा केही राहत मिलोस भनी न्यानो कपडा (बलाङ्केट) वितरण गरिएको हो ।
साथै उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा यस संघमा कार्यरत सिनियर प्रहरी अधिकृत र जुनियर प्रहरी अधिकृत समेतको उपस्थिती रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !