Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

५ महिनामै ९३ किलो सुन नियन्त्रणमा
कडाइ गरेको भनिए पनि सुन तस्करी निरन्तर


५ महिनामै ९३ किलो सुन नियन्त्रणमाकडाइ गरेको भनिए पनि सुन तस्करी निरन्तर


काठमाडौं। तस्कर समूहले निरन्तर सुन तस्करी गरेको खुलेको छ। सरकारी निकायले अवैध सुन चोरी पैठारीमा कडाइ गरेको दाबी गर्दै आए पनि तस्करी भने रोकिएको छैन । चालु आर्थिक वर्षको ५ महिनामै ९३ किलो सुन नियन्त्रणमा लिइएको छ । तस्करीमा संलग्न रहेको आरोपमा ९४ जना पक्राउ परेका छन् ।

शनिबारको मूल्यअनुसार उक्त सुनको मूल्य ७ अर्ब १२ करोड रुपैयाँभन्दा बढी हुन्छ । यस अवधिमा बरामद सुनबाट ५ अर्ब ९ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । साथै सुन ओसारपसारमा संलग्न ५ सय ९९ जना पक्राउ परेका छन् । ६१ किलो सुन बरामद भएपछि सरकारले गठन गरेको जाँच आयोग सक्रिय भइरहेको समयमा सुन तस्कर पनि उतिकै सक्रिय भएको देखिएको छ।

बिहीबार राति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले १४ किलो सुनसहित गोरखाका ५४ वर्षीय चन्द्र घलेलाई पक्राउ गरेको थियो। यही प्रकरणमा संलग्न अर्का मीनबहादुर घलेलाई पनि कामाडौंको बसुन्धराबाट नियन्त्रणमा लिन सफल भयो। दुबईबाट ज्याकेट बनाएर त्यसभित्र ७ वटा टुक्रा सुन बोकेर चन्द्र काठमाडौं ओर्लिएका थिए।

तर भन्सारको टोलीले विमानमा नै गएर उनलाई समातेको थियो। पूर्व सूचनाको आधारमा अन्य कर्मचारीको पनि संलग्नता हुने भएकाले विमानबाट ओर्लिएपछि कतै सुन गायब हुने त होइन भनेर भन्सारको टोली विमानमा नै पुगेको थियो। पछिल्ला १० वर्षमा अन्तर्राष्ट्रिय विमानस्थल र सडक नाका हुँदै तस्करी गरेर नेपाल भित्र्याउन लागिएको ६९९.२ किलो सुन बरामद भएको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०÷७१ देखि चालु आर्थिक वर्ष ०८०÷८१ सम्म उक्त परिमाणमा सुन बरामद भएको हो ।त्यसको २४ घण्टा नबित्दै काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले थप दुई किलो सुन समात्यो। यो सुन भने हवाईमार्ग नभएर स्थल मार्गबाट आएको थियो। रसुवा नाकाबाट छिरेको सुन लिएर काठमाडौं आउँदै गरेको अवस्थामा प्रहरीले तीन जना युवकलाई नियन्त्रणमा लिएको थियो। विगत दस वर्षको तथ्यांक हेर्दा आव ०७४÷७५ मा सबैभन्दा बढी २ सय १४ किलो तस्करीको सुन बरामद भएको थियो । उक्त वर्ष सुन तस्करीमा संलग्न ५८ जना पक्राउ परेका थिए भने १ अर्ब ३ करोड १४ लाख राजस्व संकलन भएको थियो । गत आवमा सबैभन्दा थोरै २०.६ किलोग्राम सुन नियन्त्रणमा लिइएको थियो भने सुन ओसारपसारमा संलग्न ९१ जनालाई पक्राउ गरिएको थियो ।


कार्यालयको टोलीले नै दुई दिनअघि न्यूरोडबाट अवैध रुपमा ल्याएको भन्दै ७ किलो सुन बरामद गरेको थियो। कार्यालयको टोलीले पदम पाण्डेले सञ्चालन गरेको ओम पर्ल गोल्ड र कैलाश ज्वेलर्समा छापा मारेको थियो। छापा मार्दा ७ किलो १८५ ग्राम सुनका गहना, ३९ लाख ५० हजार रुपैयाँ र ४१ सय अमेरिकन डलर फेला पारेको छ। प्रहरीले कैलाली लम्की घर भएका ४१ वर्षीय पदम पाण्डेलाई नियन्त्रणमा लिएको छ। एक जना व्यक्तिले विदेशबाट आउँदा २५ देखि ५० ग्रामसम्म सुनको गहना भन्सार तिरेर ल्याउन पाउने व्यवस्था छ । सुनमा १५ प्रतिशत भन्सार शुल्क लाग्ने हुँदा कर छली गर्न पनि तस्करी हुने गरेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जनाए । उनका अनुसार विदेशमा किनेको सुन कर छली गर्न लगानीकर्ताले भरियामार्फत नेपाल भित्र्याउने गरेका छन् ।


नेपालभन्दा भारतमा सुन आयातमा कर बढी लाग्छ । भारतमा सुन आयात गर्दा १८.४५ प्रतिशत राजस्व तिर्नुपर्छ । भन्सार शुल्कको यो अन्तरले पनि तस्करीलाई मलजल गरेको सरकारी अधिकारीहरू बताउँछन् । तस्करीबाट आएको सुन नेपाल हुँदै भारत पुग्ने गरेको अर्थ मन्त्रालयका र प्रहरीका अधिकारीहरूको भनाइ छ ।तस्करले सुन तस्करीको लागि हवाई र स्थल मार्ग दुवै प्रयोग गरेका छन्। चीन र दुबईबाट नै सुन तस्करी भएको छ। दुवै सुनको प्रकृति हेर्दा लुकाई छिपाइ भन्दा पनि सेटिङमा नै ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ‘असोजदेखि बैंकमार्फत व्यवसायीले २० किलो सुन झिकाउने व्यवस्था भएको छ । साउनमा राजश्व अनुसन्धान विभागले ब्रेक शुमा लगाएर ल्याएको ६० किलो सुन बरामद गरेको थियो ।

विद्युतीय सिगरेट (भेप) मा लुकाएर भएको भनिएको ९ किलो सुनका साथै यसमा राजनीतिक संलग्नता आशंका भएपछि उच्चस्तरीय छानबिन गर्ने सहमति भयो ।आयोग बन्दा नबन्दै दोलखाको लामा बगर क्षेत्रमा ११ किलो सुन बरामद भयो । अभियोग दायर गर्ने क्रममा प्रहरीले सोही समूहले ३३ किलो तस्करी गरिसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा बनेको उच्चस्तरीय आयोगले आरोपीहरुसँग बयान लिइरहेको छ । तर विमानस्थलबाटै हुने सुनको तस्करी रोकिएको छैन ।


२०७४ सालमा पनि तस्करीको ३३ किलो सुन हराएपछि भरिया सनम शाक्य मारिँदा सुन प्रकरण चर्चामा आएको थियो । त्यसबेला सरकारले सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो ।समितिले विमानस्थल सुरक्षामा गम्भीर प्रश्न औंल्याउँदै प्रतिवेदन दिएपनि त्यसलाई सरकारले न सार्वजनिक ग¥यो न त सुझावहरु नै कार्यान्वयनमा लग्यो ।अहिले फेरि अर्को आयोगले सुनबारे छानबिन गरिरहेका बेला दिनहुँजसो सुन बरामद भइरहेका छन् । विदेशबाट हवाई रूट भएर नेपाल आउने सुन विमानस्थलबाट बाहिर निकाल्ने प्रहरी, भन्सार कर्मचारी, विमानका कर्मचारी, अध्यागमनका कर्मचारीको मिलोमत्तो भएको भेटिएका छन्।


३५ किलो चाँदी बरामद


नेपाल प्रहरीले चालु आर्थिक वर्षको तीन महिनामा ३५ किलो अवैधरुपमा ल्याएको चाँदी बरामद गरेको छ।बागमती प्रदेशमा सबैभन्दा धेरै चाँदी बरामद भएको हो। त्यस्तै, तराईका भारतीय सीमा जोडिएका जिल्लाहरूमा पनि चाँदी धेरै बरामद भएको छ।बागमती प्रदेशमा २० किलो चाँदी बरामद हुँदा मधेस प्रदेशमा १५ किलो चाँदी बरामद भएको प्रहरीले जानकारी दिएको छ।

अन्य प्रदेशमा भने चाँदी बरामद नभएको प्रहरीको तथ्यांकले देखाउँछ।बरामद गरेको चाँदीबाट प्रहरीले ४२ लाख ६८ हजार रुपैयाँ संकलन गरेको छ। त्यस्तै, तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले सोही अवधिमा ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।चाँदी भारतबाट नेपालतिर आउने गर्छ भने सुन नेपाललाई ‘ट्रान्जिट’ बनाएर भारत जाने गरेको देखिन्छ। सोही अवधिमा प्रहरीले सुन भने १७ किलो बरामद गरेको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh