काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट पीडितहरूलाई नेपाल प्रहरी श्रीमती संघद्धारा आयोजित ‘भूकम्प पीडितलाई राहात वितरण’ कार्यक्रममा संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर लगायत कार्य समितिका पदाधिकारीहरूबाट विभिन्न राहात सामाग्री वितरण गरिएको छ ।

जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर १ राउत गाउँमा रहेका भूकम्प पीडितहरू सुत्केरी महिला- ४२, विद्यार्थी- ५०, मृतकका आफन्त – ३१, ज्येष्ठ नागरिक – ४ गरी जम्मा १२७ घरपरिवार र रूकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर – १४ छेपारेमा ४२ मृतकका २८ घरपरिवारलाई राहात सामाग्री वितरण गरिएको छ ।


भूकम्पबाट पीडित भएका विद्यार्थीहरूको लागि झोला, कापी र कलम साथै अन्य घर परिवारलाई थर्मस, बल्याङ्केट, मोजा, ट्राउजर, मण्डी, टोपी स्विटर र Aquabox वितरण गरिएको थियो ।








फेसबुकबाट तपाईको प्रतिक्रिया !