तनहुँ । पर्यटकीय नगरी तनहुँ स्थित बन्दीपुरमा घुक्न आएका बिदेशी पर्यटकले उल्लासका साथ भाइटीका लगाएर नेपालीको महान चाड तिहार मनाएका छन् ।
द दरबार हिमालय क्लासिक होटलले भाइटीका लगाउने चाँजोपाँजो मिलाएपछि बिदेशीले तिहार मनाउन पाएका हुन् । बन्दीपुरका दिदीबहिनीले टीकासँगै माला, ढाकाको टोपी लगाइदिएका थिए ।
हरेक वर्ष बन्दीपुरमा घुम्न आउने पर्यटकलाई भाइटीका लगाउने व्यवस्था मिलाइएको र अधिकांश सहभागी हुनेगरेको बन्दीपुर पर्यटन विकास समितिका निर्बतमान अध्यक्ष बइस गुरुङले बताउनुभयो ।
यस्ता भाइटीकाले गर्दा संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास लिइएको गुरुङको भनाइ छ । सो भाइटीकामा १५ जना बेलायतका पर्यटक सहभागी भएको गुरुङले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !