काठमाडौं । चार दिने औपचारिक नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेस र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
आइतबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा गुटरेसले पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा उनीहरूले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएकबो बताईएको छ ।
शनिबार राती नेपाल आएका गुटेरेसले आजै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,पूर्व प्रधानमन्त्रीद्धय केपी शर्मा ओली र शेरबहादुर देउवा, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग भेटवार्ता गरेका थिए । उनले लुम्बिनी र पोखराको भ्रमण गर्नुकासाथै कार्तिक १४ गते संघीय संसद्को दुबै सदनलाई सम्बोधन गर्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !