काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ४ सदस्यीय टोली मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘Integrated Programme For Strengthening Security And Justice (Phase 2)’ कार्यक्रममा सहभागी भई शनिबार स्वदेश फर्किएको छ ।
प्रहरी महानिरीक्षक कुँवरसहितको ४ सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।
कार्यक्रम अवधिमा प्रहरी महानिरीक्षक कुँवर र नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरुले मेट्रोपोलिटन पुलिस न्यू स्कटलैण्ड यार्डका डेपुटी एसिस्टेन्ट कमिस्नर वार्ड, FCDO Office का स्टफेन ओटर, UNOPS कन्सल्टेन्ट सिसीलिया डन्सटर, नेशनल क्राइम एजेन्सी (एनसिए) का Will Wilson, कलेज अफ पुलिसीङका फाइनान्स एण्ड कमर्सियल प्रमुख Dominic Finigan तथा Head of International Engagement Veera Kaur Chaudhary, क्यामब्रिजसायर पुलिसका प्रमुख Nick Dean एवं क्यामब्रिजसायर पुलिस VAWG टीम लगायत HMICFRS का सदस्य Wendy Williams समेतसँग भेटघाट र छलफल गर्नुभएको थियो ।
भेटघाटका अवसरमा आपसी समन्वय, हित तथा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल समेत भएको थियो । साथै ग्रीनविच पुलिस बरो कमाण्ड पुलिस स्टेसनको समेत अवलोकन र अध्ययन भ्रमण गर्नुभएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !