काठमाडौं । सरकारले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
पार्टी सचिव दिनानाथ शर्माका अनुसार माओवादीले एउटा मन्त्रालय छाड्ने र जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाउने भन्ने सहमति पार्टी बैठकमा भएको छ । सोही अनुसार मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने समझदारी भएको हो ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं फर्किएसँगै माओवादी नेताहरू बालुवाटारमा भेला भइ मन्त्री हेरफेरबारे छलफल गरेका थिए । साथै, प्रधानमन्त्री प्रचण्डले आइतबार नै मन्त्रिपरिषद् हेरफेरको तयारी अघि बढाएका छन् ।
जनमत पार्टीलाई सरकारमा समावेश गराउनेगरी प्रचण्डले माओवादीको भागमा रहेको एउटा मन्त्री हटाएका हुन् । मोदीमाथि कर्मचारी सरुवामा आर्थिक चलखेल गर्ने गरेको आरोप लाग्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !