काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार युनाइटेड नेशन फुट सिस्टम सम्मेलनमा सहभागी हुन इटली जाने भएका छन् । सम्मेलन जुलाई २४,२५ र २६ मा इटालीमा हुँदैछ ।

एक साताको कार्यक्रमका लागि सहभागी हुने उनको भ्रमण बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा कृषिमन्त्री वेदुराम भुसाल पनि रहनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !