काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आजका लागि स्थगित भएको छ। बैठक भोलि बिहान ८ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा कार्कीले आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए। झण्डै एक महिनाका लागि प्रधानन्यायाधीश बन्न लागेका कार्कीले २० पानामा आफ्ना कार्ययोजना सुनाउँदै अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था सुरु गरेपछि ६० प्रतिशत न्यायिक विचलन घटेको दाबी गरेका छन्।
उनले गोला प्रणालीबाट न्याय निरुपणमा सहज भएको र अदालतप्रतिको आलोचना घटेको उल्लेख गरेका हुन्। गोला प्रणालीबाट पेसी तोक्दा विगतको भन्दा ६० प्रतिशतले अनियमितता घटेको उनको दाबी छ।
सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा पेसी तोक्दा गोला प्रथा लागु भएपछि न्याय निरुपणमा सहज भएको उनले जनाए। आजको संसदीय सुनुवाई समितिमा समितिका सदस्यहरुले उनीविरुद्ध परेका उजुरीहरुका सम्बन्धमा प्रश्न गरेका थिए ।
समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । समितिले बुधबार उजुरीकर्ताहरुसँग छलफलको औपचारिकता पूरा गरेपछि कार्कीलाई आज समितिमा बोलाएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !