Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कांग्रेसमा महाभारत : गगनको काउन्टरमा उत्रिए देउवा

कांग्रेसमा महाभारत : गगनको काउन्टरमा उत्रिए देउवा

काठमाडौँ । नेपाली कांग्रेसभित्र खुल्ला रुपमै गुट उपगुट चल्छ । गुटगत आधारमै सत्तादेखि संघ संगठनमा भागबण्डा खोजिन्छ । पार्टी नेतृत्वदेखि केन्द्रमा पाका उमेरमा नेताहरुलाई राजनीति बुझेको ठान्ने कांग्रेसमा पछिल्लो समय भने युवाहरु पार्टीको आन्तरिक प्रतिष्पर्धाबाट महामन्त्री लगायत पदाधिकारीकै हैसियत बनाएका छन् ।

तर युवाहरुले महामन्त्रीको हैसियत बनाउँदा पनि पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुसँग टेरपुच्छर लगाएका छैनन् । सधैं पुरातनवादी शैलीमा चल्दै आएको नेपाली कांग्रेसलाई कुनै समय पाकापुस्ताका नागरिकको राम्रो साथ थियो ।

२०४८ सालमा एक्लै दुई तिहाईको सरकार बनाउन सफल नेपाली कांग्रेस एकपछि अर्को गरी खुम्चिँदै जान थाल्यो । विभिन्न टुक्रामा विभाजित कम्युनिष्ट पार्टीहरु भन्दा पनि कांग्रेस कमजोर बन्दै गयो । २०७४ सालको आम निर्वाचनमा थोरै उकासिएको कांग्रेस ७९ सालको निर्वाचनमा एक्लै चुनावमा भाग लिने आँटै गरेन ।

७९ सालको स्थानीय तहको चुनावमा गठबन्धन बनाएर जाने निर्णय सभापति शेरबहादुर देउवाले लिए । देउवाको निर्णयबाट इतर पक्षले असन्तुष्टि जनाइरह्यो । तर पार्टीभित्रको विरोधको वेवास्ता गर्दै अघि बढेका देउवा संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन बनाएर अघि बढ्ने निश्कर्षमा पुगे । संघ र प्रदेशको निर्वाचनमा पनि इतर पक्षले त्यसरी नै विरोध गरिरह्यो ।

विरोधको देउवाले कुनै प्रवाह नै गरेनन् । सिद्धिएको कांग्रेसलाई गठबन्धन गरेरै भए पनि देउवाले जोगाए । र, कांग्रेस पहिलो पार्टी बन्यो । चुनावपछि चुनावी गठबन्धनकै सरकार बन्न तयारी भइरहँदा गठबन्धन भत्कियो । माओवादी अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि देउवाकै हठका कारण सत्ता फुत्किएको भन्दै कांग्रेसमा फेरि अर्को आक्रोश चुलियो । तर देउवाले कुटनीतिक पहल गरी भत्किएको गठबन्धलाई पुरानै ट्रयाकमा फर्काए । तर पनि इतर पक्षले देउवाविरुद्ध तुष पोखिरह्यो ।

पछिल्लो समय पार्टी नेतृत्वको विरोध गर्नेमा कांग्रेस महामन्त्री गगन थापा सबैभन्दा अगाडि छन् । थापाले अब टुलुटुलु हेरेर नबस्ने अभिब्यक्ति दिइरहेका छन् ।
कांग्रेस महामन्त्री थापा मात्र होइन, पार्टीका युवा नेता कार्यकर्ताहरुले पार्टी सभापति देउवाप्रति आक्रोश पोखिरहेका छन् । नेतृत्वको पुरातन शैलीले पार्टी सक्किएको बताइरहेका छन् । कोही नेतृत्वविरुद्ध अभिब्यक्ति दिँदै हिडेका छन् भने कसैले पार्टी रुपान्तरण गर्ने भन्दै आफूखुशी अभियान चलाइरहेका छन् । कांग्रेसका युवा नेताहरु मात्र होइन, पार्टी सभापतिको कार्यशैलीप्रति पाका नेताहरु पनि सन्तुष्ट छैनन् ।

कांग्रेस नेतृत्वप्रतिको असन्तुष्टि त्यसै चुलिएको पनि होइन । कांग्रेस १३ भ्रातृ संगठन र २६ सुभेच्छुक संस्था पार्टीको आन्तरिक द्वन्द्वका कारण निश्क्रिय जस्तै छन् । तर देउवाले जतिसुकै विरोध गरेपछि वेवास्ता गर्दै अघि बढिरहेका छन् । पार्टी कमजोर बनेको भन्दै आफ्नो आलोचना भइरहँदा उल्टै देउवाले कसैको विरोध गरेर पार्टी बलियो नहुने जवाफ फकाई दिएका छन् ।

देउवाकै सहमतिमा सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नागरिकता विधेयकको प्रमाणीकरण तथा बजेटमार्फत सांसद विकास कोषको व्युँताउने काम गर्यो ।

देउवालाई लगाउन भन्दै महामन्त्री थापाले पार्टीमा टुटुटुलु हेरेर नबस्नेदेखि पार्टी जिम्मेवारी नै छाड्ने चेतावनी दिए पनि देउवा गलेका छैनन् भन्ने यो अभिब्यक्तिले स्पष्ट गरिरहेको छ । पार्टी सभापति देउवाको शैलीलाई नसहने भन्दै सार्वजनिक अभिब्यक्ति दिँदै आएका थापाले अब कस्तो आँट गर्लान्, त्यो भने हेर्न बाँकी नै छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा
अपराध

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

2 days पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न
जनप्रभाबन्युज विशेष

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा
जनप्रभाबन्युज विशेष

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा

3 days पहिले
शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई
जनप्रभाबन्युज विशेष

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh