लहान । विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा आइतबार विद्यालयका बालिकाहरुको स्वच्छता अभियान अन्तर्गत पशुपति माविमा महिनावारी तथा सरसफाई प्रदर्शनी मेला आयोजना भएको थियो ।
त्यहाँ कार्यक्रम संचालकबाट भएको त्रुटीलाई जोडेर मेयर महेश चौधरीमाथि प्रदेशसभा सदस्य ललिता दासले झुठो आरोप लगाउँदै आएको छ ।
‘प्रदेशसभा सदस्य दास ज्युलाई आशन ग्रहण गराउने क्रममा कार्यक्रम संचालकले मर्यादाक्रम मिलाउन सकेका थिएन । त्यो त्रुटी भएको हो । हामीलाई सच्याउन मौका पनि नदिई उहाँ तुरुन्तै अन्त कार्यक्रममा हिड्नुभयो,’विनोद विसुन्केले भने,‘मेयर चौधरीले कार्यक्रममा दास ज्युलाई प्रमुख अथिति राख्ने/नराख्ने विषयमा एक शब्दपनि उच्चारण गर्नुभएको थिएन ।’
प्रदेशसभा सदस्य दासले समाजिक संजालमा दलित भएकै कारण प्रमुख अतिथिबाट हटाउन लगाएको र आफुलाई जातीय विभेद गरेको कुरामा कुनै सत्यता नरहेको विसुन्केले बताए । कार्यक्रम संचालकबाट भएको त्रुटीले सृजना भएको प्रस्थितिको सन्दर्भमा क्षमा पनि विसुन्केले सोही दिन विज्ञप्ती जारी गरी मागेका छन् ।
तर, प्रदेश सभा सदस्य झन उग्र भएर मधेस प्रदेशको सदनमै मेयर महेश चौधरीमाथि झुठो आरोप लगाएर मन्तव्य दिएको छ । दासले लगाएको आरोपमा कुनै सत्यता नरहेको मेयर चौधरीले बताए ।
‘आफु सदैव महिला, दलित र विपन्न समुदायको लागि एक कदम अगाडी बढेर कार्य गर्दै आएको छु । उक्त समुदायहरु नै मेरो राजनीतिको जग रहेको छ,’मेयर चौधरीले भने,‘गलत मनसायका साथ प्रदेशसभा सदस्य दासले मलाई बदनाम गर्न लागेका छन् ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !