लहान । स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । सिराहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले र शिव राज चौलागाईंमाथि २०७९ अनुसार १८ करोड ७० लाख २७ हजार ८४ रूपैयाँ बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार उनी माथि सो बेरुजु देखिएको हो ।

आर्थिक वर्ष २०७७/०७८ को प्रारम्भदेखि उनीहरु सो नगरपालिकामा कार्यरत छन् । शिव राज चौलागाईं २०७७-४-१ गते कार्यालयको जिम्मेवार सम्हालेका थिए र गोपाल प्रसाद बगाले २०७७ -१२ १८ गते कार्यालयको जिम्मेवारी सम्हालेका बगालेमाथि आव २०७७/७८ मा १८ करोड ७० लाख २६ हजार ८४ रुपैयाँ बेरुजु नाघेको हो ।
प्रतिवेदनले यो बेरुजुमा कार्यालयका लेखा प्रमुख पुरुषाेत्तम कुमार प्रसाद र प्रभु नारायण यादवलाई पनि समेटेको छ ।
कार्यकारी अधिकृत बगाले धनगढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेयता नगरपालिकामा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !