लहान । अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले बर्सेनि सार्वजानिक गर्ने प्रतिवेदनमा सिरहा जिल्ला भ्रष्टचारमा सँधै १ नम्बरमा राख्दै आएकाे छ । यस जिल्लामा हुने खुल्लाम खुल्ला भ्रष्टचार नियन्त्रण गर्न सराेकारवाला निकायहरूले खासै चासाे दिएकाे पनि पाईँदैन ।

यसकाे ज्वलन्त उदहारण हाे – अलपत्र सिरहाकाे धनगडीमाई नगरपालिका १२ काे खुट्टी मडायन सिँचाई आयाेजना । जसलाई भ्रष्टचारकाे ज्वलन्त उदहारणका रूपमा लिन सकिन्छ ।

स्थानियका अनुसार डिभिजन सिँचाई कार्यालयले २०७३ सालमा ३ कराेड ८५ लाखमा ठेक्का लगाएकाे उक्त याेजना सञ्चालनमा आएकै बर्ष बाढीले क्षतबिक्षत बनाएकाे थियाे । उक्त आयाेजनाकाे ठेक्का राैता कन्ट्रक्सन , उदयपुरले पारेकाे थियाे । उक्त सिचाई आयाेजनाले १ सय २० बिघा जग्गा सिँचाईँकाे लक्ष राखिएकाे थियाे ।

स्थानिय नागरिक अगुवा प्रल्हाद हमालले ठेकेदार र डिभिजन सिचाई कार्यालय , सिरहाका तत्कालिन डिई रामबाबु यादव , कार्यालयका साईड ईञ्चार्जहरू रामएकवाल साह र दिपेन्द्र यादवकाे मिलाेमताेमा कमसल निर्माण गरेकाले सञ्चालमा आएकै बर्ष बाढिले बगाएकाे थियाे ।

हमालले भने – ” नापजाँच गर्दा उक्त सिचाई आयाेजनामा करिब ५० लाखकाे काम गरेकाे देखिन्छ , तर ठेकेदार र सिचाईँ डिभिजन कार्यालयका कर्मचारीकाे मिलाेमताेमा ३ कराेड ८५ लाख रूपैयाँ निकासा गरेर ठाडै भ्रष्टचार गरिएकाे छ । “

स्थानियहरूले यस बिरूद्व अख्तियारकाे केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गराउने तयारी गरेकाे बताउँदै हमालले भने – ” उजुरी दर्ताका साथै याे सिँचाईँ आयाेजना लगायत सिरहा जिल्लामा भएका भ्रष्टचारहरूकाे सप्रमाण प्रमुख आयुक्त प्रेमकुमार राईलाई भेटेर ज्ञापनपत्र बुझाउने बिषयमा प्रमुख आयुक्त राईसँग कुरा भईसकेकाे छ । “
यस सिँचाई आयाेजना अलपत्र अबस्थामा छ ।

अनियमितता भएकाे भन्दै स्थानियले अख्तियारमा उजुरी दर्ता गरेकाे निकै समय भईसकेकाे छ ।डिभिजन सिचाई सिरहाका हालका डिई अरूण यादवले अख्तियारले छानविन टुङ्गाेमा नपुर्याएकाले उक्त सिँचाई आयाेजनाकाे मर्मतसम्भार हुन नसकेकाे बताए । डिई यादवले भने – ” ठेक्का पाएकाे राैता कन्ट्रक्सनलाई मर्मतका लागि चिठी काटेकाे धेरै भयाे । तर उसले बेवास्ता गरेकाे धेरै भयाे ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया !