काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) कुवेर कडायतलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनी प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । यसअघि पनि कडायत प्रहरी वरिष्ठ उपरीक्षक हुँदा प्रवक्ताको भूमिकामा थिए ।
कडायत हालै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा बढुवा भएका थिए।
यसअघि प्रहरी प्रवक्ता डीआईजी रामदत्त जोशी थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !