मोरङ । मोरङ प्रहरीले लुकाएर राखिएको अवस्थामा १४ बोरा गाँजा बरामद गरेको छ । जहदा गाउँपालिका वडा नम्बर २ बेरियारी टोलस्थित मजेबुल मियाँको मकै बारीमा लुकाएर राखिएको ४२२.३३ किलो ग्राम परिमाणको सो गाँजा प्रहरीले बरामद गरेका हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो रानी विराटनगरबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको र यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !