काठमाडौं । अजरबैजानमा मासिक ७ सय डलर तलब हुन्छ भन्दै कमलप्रसाद भण्डारीलाई ठगी गरेको आरोपमा प्रहरीले दाङ लमहीका भिमकुमार सुनारलाई पक्राउ गरेको छ । सुनारले भण्डारीसँग ८ लाख ५० हजार लिएर अजरबैजान पुर्याई पाँच महिना अलपत्र पारेर ठगी गरेको आरोप छ ।

अजरबैजानबाट फर्किएपछि भण्डारीले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । उक्त उजुरी उपर अनुसन्धानका लागि सुनारलाई पक्राउ गरिदिन विभागले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पत्राचार गरेको थियो । उक्त पत्रका आधारमा सुनारलाई पक्राउ गरि विभागको जिम्मा लगाइएको जानकारी ब्यूरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले दिए ।
विभागमा उजुरी दिएका थिए । उक्त उजुरी उपर अनुसन्धानका लागि सुनारलाई पक्राउ गरिदिन विभागले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पत्राचार गरेको थियो । उक्त पत्रका आधारमा सुनारलाई पक्राउ गरि विभागको जिम्मा लगाइएको जानकारी ब्यूरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !