लहान । मधेस प्रदेशका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी ) जनक भट्टराईले जिल्ला प्रहरी कार्यालय सिराहा र सप्तरीको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गरि जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिएका छन् ।






निर्देशनको क्रममा उनले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न र खुल्ला सिमानाको कारण हुने विभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउनका साथै सवारी दुर्घटना न्युनिकरण, सवारी नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही र सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन निर्देशन दिए ।




निर्देशनकै क्रममा उनले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न तथा सदैव प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

साथै जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक ( एसपी ) टेकुनन्द ईवा लिम्बु र जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जिल्लाको समग्र बस्तुस्थितिका बारेमा निमित्त प्रहरी प्रमुख भट्टराईलाई अवगत गराएका थिए ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !