काठमाडौं । एआइजीको बढुवासँगै नेपाल प्रहरीमा डिआइजीका १३ पद रिक्त भएका छन् । रिक्त पदमा शुक्रबार नै बढुवा सिफारिसको तयारी भएपनि सहमति हुन सकेको छैन ।

बढुवामा तिव्र प्रतिस्पर्धा हुँदा सहमति हुन नसकेको हो । छिटो बढुवा नगरे केही एसएसपीहरु उमेरहदका कारण अवकाश हुने जोखिम छ ।
बढुवाको प्रतिस्पर्धामा बरियताका आधारमा जनक भट्टराई, विष्णु कुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्रकुबेर खापुङ, अर्जुनचन्द ठकुरी, सुरेन्द्र मैनाली , कृष्णहरी शर्मा ,पोखरेल चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल, मोहनप्रसाद पोख्रेल, विकासराज खनाल, राजेन्द्रसिंह खड्का अगाडि छन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले चाकडीमा नलाग्न भनेपनि बढुवाका आकांक्षीहरु शक्तिकेन्द्र धाइरहेका छन् ।

















