काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक प्रसाद राईले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) को जिम्मेवारी सम्हालेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका एआईजी राईले आज प्रतिष्ठानका कार्यकारी निर्देशकको पद ग्रहण गरी जिम्मेवारी सम्हालेका हुन् ।
एआईजी राईलाई प्रतिष्ठानका सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।
एआईजी राईले प्रतिष्ठानका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई प्रतिष्ठानको श्रीवृद्धीको लागी प्रतिष्ठानमा कार्यरत प्रहरी कर्मचारीहरू सर्वपक्षमा योग्य र नमुनायोग्य हुनु पर्नेमा जोड दिनुका साथै ईमान्दार, कर्तव्यनिष्ठ र व्यवसायिक भई कार्यसम्पादन गर्न समेत निर्देशन दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !